अस्थायी शिक्षकको आमरण अनसन जारी

अस्थायी शिक्षकको आमरण अनसन जारी
काठमाडौँ, २० साउन । गत असार ९ गते शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमतिको कार्यन्वयनको माग सहित शिक्षा ऐन नवौँ संशोधनको माग राखसेर आमरण अनशनमा बसेका अस्थाई शिक्षकहरुले जारी राखेका छन् । संयुक्त अस्थाई शिक्षक संर्घष समिति ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादव अनसनमा बस्नुभएको छ । संयुक्त अस्थाई शिक्षक संघर्ष केन्द्रीय समितिका सदस्य दिनेश अधिकारीले शिक्षा मन्त्रालयमा पटक –पटक भएको वार्ता निष्कर्षमा नपुगेपछि तेस्रो दिनमा पनि अनसन जारी राखेको जानकारी ईनेपाली खबरलाई दिनुभयो । राजधानीको भद्रकालीमा शिक्षकद्धय गत बुधबारदेखि अनसनमा बस्नुभएको छ । शिक्षक यादव यसअघिपनि सातदिनसम्म्म अनसन बस्नुभएको थियो ।