जापानी सहयोगमा मंगलटारमा विद्यालय

 जापानी सहयोगमा मंगलटारमा विद्यालय

काठमाडौँ, २३ साउन । काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा भूकम्पले क्षतिग्रस्त भएको मंगल जनविजय माध्यमिक विद्यालय, मंगलटारको नवनिर्मित चार कोठे पक्की भवन बनेको छ ।
भवनको उद्घाटन गर्दै सांसद श्याम श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर नसुध्रिएसम्म शिक्षा क्षेत्रको सुधार नहुने बताउनुभयो ।
जापानी नागरिक मिचिको मायादाको रु ६५ लाखसहयोग एवं सगुन नेपालको संयोजनमा सो भवन बनेको हो ।
उहाँले आफूले पनि विद्यालयको विकास लागि सांसद विकास कोषको रकम दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सगुन संस्थाका सचिव डा कमल फुँयालले विकासले सुविधा नभै खुशी ुल्याउनपर्ने बताउनुभयो ।
जापानी नागरिक ७५ वर्षीय मायदाले आफ्नो आमा साधारण विद्यालयको शिक्षक भएकोले उहाँको निधनपछि अवकाशबाट आएको सम्पूर्ण रकम विद्यनलय निर्माणका लागि उपलब्ध गराएको बताउनुभयो ।