साक्षरतामा भारतलाई उछिन्यो पाकिस्तानले

साक्षरतामा भारतलाई उछिन्यो पाकिस्तानले

काठमाडौं, ३२ साउन । पाकिस्तानले ७०औं स्वतन्त्रता दिवस मनाइरहँदा यसको साक्षरता प्रतिशत कतै ९६ प्रतिशत त कतै १० प्रतिशतभन्दा न्यून रहेको देखिन्छ ।
आफूभन्दा करिब चार गुणा ठूलो छिमेकी भारतसँग तनावपूर्ण सम्बन्ध झेल्दै आएको यस मुलुकले कतिपय राष्ट्रिय मुद्दामा छिमेकीलाई उछिनेको छ ।
राजधानी इस्लामावादको साक्षरता प्रतिशत सर्वाधिक अर्थात् ९६ प्रतिशत रहेको छ भने अति कम विकसित मानिएको कोहलु जिल्लाको साक्षरता २८ प्रतिशत छ । सन् २००० देखि २००४ सम्म २५–३४ उमेर समूहका नागरिकमा मात्र ५७ प्रतिशत साक्षरता रहेकोमा आज यो प्रतिशत बढेर ८० निकट पुगिसकेको छ ।
पाकिस्तानमा महिलाको साक्षरता पुरुषको दाँजोमा निकै कम छ, आदिवासी क्षेत्रमा महिलाको साक्षरता प्रतिशत केबल ९.५ रहेको तथ्यांकले देखाउँछ । अंग्रेजी बोल्ने र बुझ्ने पाकिस्तानीको परिमाणमा पनि क्रमशः वृद्धि भएको देखिन्छ ।

करिब २० करोड जनसंख्याको पाकिस्तानमा आधाउधि जनसंख्या अर्थात् ९ करोड २० लाखले अंग्रेजी भाषाको जानकारी राख्छन् । नेपाललाई पनि क्षिक्षालगायतका क्षेत्रमा विभिन्न किसिमले सघाउँदै आएको पाकिस्तानमा प्रतिवर्ष ४ लाख ४५ हजार स्नातक उत्तीर्ण हुन्छन् भने कम्प्युटर इन्जिनीयर १० हजार थपिन्छन् ।

नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर सघाउँदै आएको पाकिन्तानले विगत सात दशक लामो स्वतन्त्रताका वर्षहरुमा छिमेकी भारतसँग युद्ध गर्नु नपरेको र अतिवादी र आतंककारीसंग लड्नु नपरेको भए आधा जनसंख्या महिलाको साक्षरता बढाउने कार्यमा पनि ठूला छलाङ लगाउन सक्थ्यो ।

तस्बीरः काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले सोमबार आयोजना गरेको ७०औं स्वतन्त्रता दिवस समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, नेपाल पाकिस्तान फ्रेण्डसिप तथा कल्चरल एशोसिएसन अध्यक्ष हिमालय शमशेर राणा र पाकिस्तानी राजदूत डा. मजहर जाभेद सहभागी हुनुहुन्थ्यो ।