अक्फोर्ड मावि : बालमनोविज्ञानमा सकरात्मक प्रभाव पार्न अग्रसर

अक्फोर्ड मावि : बालमनोविज्ञानमा सकरात्मक प्रभाव पार्न अग्रसर

म राजेन्द्र ढकाल, गोरखाको एक मध्यम परिवारमा जन्मेको हुँ । मेरो माध्यमिक शिक्षा गाउँमै भयो । त्यसपछि म उच्च शिक्षाका लागि काठमाडौँ आएँ । काठमाडौँको पाटन क्याम्पसमा आइएस्सी र बिएस्सी अध्यन गरेँ । फुर्सदको समयमा पढाइने काम गर्थेँ । विशेषगरी गणित र विज्ञान विषय पढाउथेँ । त्यसबीचमा अर्थशास्त्रमा स्नातकोत्तर गरेँ । जब मास्टर सकियो, मैले आफनो शिक्षण पेसालाई निरन्तरता दिन विभिन्न कलेजमा पढाउन थालेँ । २०६१ सालदेखि अक्फोर्ड विद्यालय स्थापना गरी सस्थापक प्रिन्सिपलको रुपमा रहेको छु । मेरो पेशा, इच्छा, रुचि भनेको सँधै भाईबहिनीबीचमा रहने, शिक्षण गर्ने र उनीहरुसँग भेट्ने नै छ । यो विद्यालय स्थापनाको सुरुको वर्षदेखि नै हामीले किड्स स्पेसल, प्ले गु्रप, नर्सरी, युकेजी, एलकेजीदेखि प्राथमिक कक्षासम्म सञ्चालन गर्यौँ ।
अहिले १२ वर्षको अवधिमा आउनसम्म हामीले किड्स स्कूललाई विभिन्न किसिमले परिवर्तन गर्ने कोसिस गर्दै आयौँ । हामी बिस्तारै पूर्व प्राथमिक मन्टेश्वरी उनीहरुको विभिन्न विकासका पक्षहरु जस्तै शारिरिक पक्ष, मानसिक, भौतिक सबै पक्षलाई केन्द्रित गरेर उनीहरुको शिक्षाको वातावरण हामीले सिर्जना गरेका छौ । हरेक वर्ष विद्यालयले नयाँ कार्यक्रम र बच्चाहरुको हितको कार्यक्रम ल्याउँदा उनीहरु खुशी हुँदै आएका छन् । अक्फोर्ड मावि अहिले त कक्षा १२ सम्मको छ । पछि हामी कलेजका डिप्लोमा कार्यक्रम ल्याउँछौ । आधारशीला क्याम्पसको नाम बाट बिबिएस र बिए को कार्यक्रम चलाउदै आएका छौ । हामीले सुरुमा सम्बन्धन लिने क्रममा प्रि स्कूल अनुमति वडा कार्यालयबाट ल्यायौँ । पछि हामीले उच्च माध्यमिक थप्यौँ, अनि त्यो कार्यक्रम बढ्दै जाँदा कार्यक्रममा थप्दै गएर विकासको क्षेत्रमा गएर हामी क्याम्पससम्म पुग्यौं । अहिले हामी क्यापसको चौथो वर्षमा पुग्यौँ । किड्स कार्यक्रमको मुख्य उद्देश्य अभिभावकका मुटुका टुक्रा, उहाँहरुका सर्वस्व वच्चाहरु हुन् । जसलाई पैसा खर्च गरेर र आफूले गर्न सके जति गरेर यो स्कूलमा पठाउनुभएको छ । त्यस मर्म बुझेर हामीले त्यही अनुसारको चौतर्फी विकास र बालमनोविज्ञानमा सकरात्मक असर पर्ने सेवा दिदै आइरहेका छौ । साथै विद्यार्थीहरु विद्यालय आउदा मात्र नभएर घर फर्कँदा पनि एकदमै हँसिलो अनुहार लिएर आउने जाने वातावरण बनाएका छौँ ।
हामीले विद्यालयको वातावरण हरियाली बनाएका छौँ । ठाउँ पनि प्रशस्त छ । बालमैत्री छ । प्रदूषणबाट मुक्त छ । त्यस्तै हामीले राखेका शिक्षकहरु पनि बालमैत्री स्वभावको हुनुहुुन्छ भन्ने मान्यताका साथ राखेका छौ । विद्यालयमा द्धन्द्धरहित अवस्थामा शिक्षणको वातावरण छ । हामीले बच्चाहरुका लागि खाजाको राम्रो व्यवस्था गरेका छौँ । राम्रो शैक्षिक सामग्री उपलब्ध गराउने र उनीहरु आफैलाई सिकाइमा सहभागी गराउने गरेका छौ । यसले हामीलाई राम्रै अनुभुति दिदै आएको छ ।
हामीले विद्यार्थीको क्षमता र रुचि भएका कारण विभिन्न स्थानमा भ्रमणका कार्यक्रम राख्दै आएका छौं । हामीले समय समयमा सामाजिक जनचेतना फैलँदै लाने काम पनि गर्दै आएका छौ । जस्तै, सरसफाईका

विभिन्न कार्यक्रम गर्दै आएका छौँ । त्यस कारण हामी अरु स्कुल भन्दा अलि फरक छौ । हाम्रो अक्स्फोर्ड विद्यालय जति पनि प्रोग्राम गर्दै आएको छ, त्यसको दु्रतस्तरमा विकास र सुधार भएको छ । समय अनुसार नयाँ नयाँ प्रोग्राम थप्दै लाने हाम्रो लक्ष्य छ ।
राजनीतिक अस्थिरताका कारण देशको शिक्षा प्रणालीमा पनि अस्थिरता छाएको छ । अहिले आधूनिक शिक्षा प्रणालीको युग हो । तर हामीको खासै परिवर्तन देखिएको छैन । राजनीतिक समस्याकै कारण शिक्षाको दूत विकास हुन सकेको छैन । तर पनि विद्यालय सञ्चालकहरुले आफ्नो काम गर्दै आएका छन् । हामीले आफ्नो तर्फबाट योगदान दिँदै आएकाा छौँ । मेरो विचारमा राज्यले एसइइ परीक्षालाई अक्षराङ्कन पद्धतमिा लगेर शिक्षाको गुणस्तर घटाएको छ । राज्यको मुख्य आधारशील शिक्षा क्षेत्रलाई यसरी गुणस्तर खस्काउन दिनु हुँदैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।

प्रस्तुती: रीना यादव/बिनिता केसी