नानीहरुलाई भावुक बनाएर सिकाउनुपर्छ

नानीहरुलाई भावुक बनाएर सिकाउनुपर्छ

पुष्पा रिजाल
प्रिन्सिपल, सिटी मन्टेश्वरी, अनामनगर


म यस क्षेत्रमा म आएको २१ वर्ष भयो । मैले पहिला परियोजनाबाट काम सुरु गरेको थिएँ । त्यतिखेर म एसएलसी दिएर बसेको थिएँ, मैलेकेही पढाउन थालेँ । त्यो बेलामा हामीले गाउंँमा गएर नपढेका बच्चालाई खोजेर जो पढ्नबाट बन्चित छन्, तिनीहरुलाई हामी पढाउन ल्याउँथ्यौँ । त्यो बेला पढाउने सोच हाम्रो फरक थियो । पछि भिन्नता आउन थाल्यो । भिन्नता पनि यति चाँडो आयो कि हाम्रो पालामा भन्दा धेरै फरक । हामीले व्यवहारिक गरेर सिकाएको हुनाले उनीहरुमा यति धेरै फरक आएको हो ।
सिटी मन्टेश्वरी खुलेको १० वर्ष भयो । २०६४ सालमा खुलेको यो संस्था अहिले यो अनामनगरमा छ । अहिले हामीले सिटी स्कूल, सिटी खेल दिनाका साथै सिटी मन्टेश्वरी सेन्टर, तिनवटा सस्ंथा एकैचोटी खुलेको छ । सिटी मन्टेश्वरीमा एउटा आउटपुट देखिएको चाहीँ समाजले रुचाएका कारणले पनि हो । त्यसमा हामीले धेरै मेहनत गर्यौ र शिक्षकहरु पनि राखेका छौ । त्यो शिक्षकलाइ एकचोटि दिएको तालीमले पुग्दैन्न । उनीहरुलाई त सान्दर्भिक तालीम समय समयमा दिइरहनुपर्छ । हरेक शुक्रबार मैले दुई घण्टा उनीहरुलाई अभिमुखीकरण दिन्छु । विदाको समयमा नि हामी तालीम दिन्छौ । आउने महिनामा हामी उनीहरुलाई कक्षा गर्छौ, १५ दिनको एउटा शीर्षक लिन्छौ । शीर्षकमा हामी केके काम गर्न सक्छौ । त्यो शीर्षकलाइ एकदम बालमैत्री गराएर कसरी नजिकबाट बुझाउने भन्ने सिकाउँछौँ ।
उनीहरुलाई भित्रदेखि कसरी सिकाउने र बाहिर क्षेत्रमा कसरी लैजाने भनेर हामी सोच्छौ । बच्चालाई हामीले भित्रदेखि बुझ्ने गरी सिकाउनुपर्छ । कम्प्युटर कक्षामा गएर हुन्छ कि पढाइसम्बन्धी भिडियो देखाएर हुन्छ कि, अहीले त युट्युबमा पनि हेर्न सकिन्छ । त्यो देखाउनी कि गीतहरु गराउने र कस्ता कस्ता क्रियाकलाप गराउने भन्नेबारेमा छलफल गर्ने र त्यहीसँग सम्बन्धीत तालीमहरु दिने गछौँ ।
मन्टेश्वरीमा शिक्षकका क्रियाकलाप बढी हुन्छन् । सामग्रीको बढी प्रयोग हुन्छ । बिहिरी र भित्री (इन्डोर) खेलहरु पनि हुन्छन् । त्यसका लागि हामी खेल सामग्री उत्पादन गछौँ । बच्चाहरुले सिक्छन् र गर्न सक्छन् । तर त्यो भनेको वस्तु भयो, तर हामीले अर्को नदेखिनेप्रोडक्ट गर्छौं । त्यो भनेको समाजमा परिवर्तन ल्याउने, बच्चाहरुमा प्रभाव पार्ने खालको हुन्छ । बच्चामा २ देखि ६ वर्षको बीचमा उनीहरुको ९० प्रतिशतको विकास हुन्छ । त्यो दिमागको विकास गराउने वर्षमा बच्चालाई यति धेरै विकास गर्नुपर्छ कि त्यो बेलामा रिसाउनी शिक्षेकसँग पर्यो भने बच्चा रिसाउने गरि नै बस्छ र अर्को साल ऊ देखै पर्दैन । बच्चालाई नरम भएर सिकाउनुपर्छ । बच्चामा हामीले परिवर्तन ल्याउने भनेको यही समयमा हो । उनीहरुलाई भावुक (इमोसनल इन्टेलिजेन्ट्स्) बनाउन पर्ने हुन्छ ।
बच्चाहरु खुशीमा रमाउने र कहिले रिसाउने गर्नाले उनीहरुले तत्कालै सिकेका कुरा विर्सना पनि सक्छन् । त्यसैले हामीले भावुक बनाएर सिकाउनुपर्छ । हामीले बच्चाको बढ्दो उमेरगत अवस्था र स्मरण शक्तिका आधारमा सिकाइरहेका हुन्छौ । यो नदेखिने चक्र वा उद्योग हो । यो हाम्रो १० वर्षको अनुभव पनि हो ।
हामी बच्चाहरुलाई सूचना दिन मौखिक कक्षा (ओरल) पनि चलाउँछौँ । प्रयोगशालामा व्यवहारिक अभ्यास पनि गराइन्छ । शाररीरिक अभ्यास पनि क्रमशः गराइन्छ । एउटा सजिलो अभ्यास(खेल) पनि अर्काे अलि गाह्रो सिकाइन्छ । यसले बच्चाहरुमा नयाँपन पनि बढ्छ । म प्राय: लेख (विचार) लेखेर सुनाउने गर्छु ।
व्यवहारिक लाभ र जीवनशैलीको आधारमा नै हामीले पढाउने हो । बच्चाहरुलाई सिद्धान्तका साथ व्यवहारिक ज्ञान पनि दिन्छौ ।
हामी व्यवहारिक लाभ र जीवनशैलीका आधारमा सिकाउने कुरालाई विशेष जोड दिन्छौ । बच्चाहरुको समग्र विकास (होलिइस्टिक डेभलपमेन्ट) लाई केन्द्रविन्दूमा राख्छौ । तर समाजमा एउटा गलत बुझाइ छ घोकाउने र रटाउनेलाई राम्रो शिक्षा प्रणाली मानिन्छ ।

प्रस्तुती: रीना यादव/विनिता केसी