पुस्तकालय दिवस मनाइँदै

   पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ, १५ भदौ । आज पुस्तकालय दिवस । “समृद्ध नेपालको आधार पुस्तकालयको विकास” भन्ने नाराका साथ दसौँ पुस्तकालय दिवस मनाइँदैछ ।
दिवसकै सन्दर्भमा व्यवस्थित डिजिटल पुस्तकालयको आवश्यकताका बारेमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केशर पुस्तकालयको आयोजनामा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापाले प्रविधिले फड्को मारिरहेको बेलामा पठन संस्कृतिलाई थप विकास गर्न डिजिटल प्रविधि सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । थापाले पुस्तकालय प्रविधि सम्पन्न बनाउन सके मोबाइलफोन, स्मार्टफोन, कम्म्प्युटर खेलाउँदै हुर्किएका बालबालिकाको समेत पुस्तकालयमा आर्कषण बढाउन सकिने बताउनुभयो ।
केशर पुस्तकालयका पुर्वप्रमुख जानकी कर्मचार्यले डिजिटल पुस्तकालय व्यवस्थित बनाउँदा थोरै ठाउँमा नै सम्भव हुने धारणा राख्नुभयो ।
पुस्तकालयका प्रमुख दशरथ मिश्रले सबैको सहयोग लिएर पुस्तकालय व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।