छानिछानी पुस्तक पढौँ- दशरथ मिश्र

छानिछानी पुस्तक पढौँ- दशरथ मिश्र

 

पुस्तकालय दिवस “समृद्ध नेपालको आधार ः पुस्तकालयको विकास” भन्ने नाराका साथ आज भदौ १५ गते दसौँ पुस्तकालय दिवस मनाइँदैछ । केशर पुस्तकालय नेपालको एक ऐतिहासिक पुस्तकालय हो ।
यसै सन्दर्भमा सरकारी पुस्तकालय भनेर चिनिने केशर पुस्तकालयका प्रमुख
दशरथ मिश्रसँग गरिएको कुराकानी ः


वर्तमान समयमा डिजिटल प्रविधिको बढ्दो प्रयोगले पुस्तकालय आएर पढ्ने
मानिसहरुको संख्यामा कमी आएको हो ?

डिजिटल प्रविधिको प्रयोग बढेसँगै पुस्तकालय आएर पढ्ने पाठकको संख्यामा
कमी आएकै हो । यद्यपि हाम्रो वेवसाइटमा गएर विभिन्न खालका पुस्तक
पढ्ने पाठकको संख्या चाहिँ आजभोलि बढेको छ । बिभिन्न प्रयोजनका लागि
आवश्यक पर्ने तथ्याङ्कहरुका लागि भने पाठकहरु पुस्तकालयनै आइपुग्छन् ।
अनलाइन हेर्ने बढ्दो प्रचलनले पुस्तकालय आउने संख्यामा कमि आएपनि अध्ययन
गर्ने पाठक घटेका छैनन् ।

कतिजति पाठक दैनिक पुस्तकालय आउँछन् ?

विदाको दिनबाहेक दैनिक करिब १५० जति देश तथा विदेशका पाठकहरु आउने गरेका
छन् । र आवश्यकता र इच्छाअनुसारका यहाँ उपलब्ध ६५ हजार पुस्तकहरुमध्ये
छानीछानी पढ्छन् । बेलाबेलामा विद्यालयहरुले विद्यार्थीलाई ल्याउँदा
पुस्तकालय आउनेको संख्या बढ्छ ।

आजकालका पाठकको कस्ता पुस्तकमा बढी रुची पाइन्छ ?

आजभोलिका पाठकहरु धेरैले अन्तर्राट्रिय, साहित्यका पुस्तक तथा पुराना
तथ्याङ्कका पुस्तक बढि इच्छापुर्वक पढ्ने गरेको पाइन्छ । नयाँ विदेशी
पुस्तकमा पनि पाठकको रुचि भएपनि तत्काल उपलब्ध नभएकाले पाठकले इच्छाएकै
समयमा पढ्न पाउँदैनन् । त्यस्ता पुस्तहरु हामीकहाँ आईपुग्न समय लाग्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

ज्ञानको भण्डारनै पुस्तक हो । ज्ञानबिना जीवन अपुरो छ, तसर्थ धेरै पढ्ने
संस्कार बसालौँ । आफ्ना रुचिअनुसारका पुस्तक छानीछानी पुस्तकालयमा गएर
पढौँ । सरकारी स्वामित्वको केशर पुस्तकालयमा सम्पूर्ण पाठकहरुलाई आएर
ज्ञानविज्ञानसहितका राष्ट्रिय तथा अन्तराष्ट्रिय पुस्तक पढ्न र उपर्युक्त
सल्लाह सुझाव दिन अनुरोध गर्दछु ।

प्रस्तुती ः दिपेश गर्तौला