मन्टेश्वरीहरुमा स्यहार र सिकाइको राम्रो व्यवस्था हुन्छ

मन्टेश्वरीहरुमा स्यहार र सिकाइको राम्रो व्यवस्था हुन्छ

सोफिना रन्जित
प्रिन्सिपल, स्पोन्ज लनर्स मन्टेश्वरी, डल्लु
हामीले यो स्कुल खोलेको ११ वर्ष भयो । हाम्रो उद्देश्य बच्चाहरु मन्टेश्वरीबाट पढेर गएपछि अलि फरक स्वभावको हुन सकुन् होस् भन्ने हो । अरु स्कुलमा भन्दा हाम्रो स्कुलमा थप पारिवारिक वातावरण छ । यहाँ बच्चाहरुलाई पढाउँदा कडाइ गरिँदैन । हाम्रो मायालु व्यवहारले गर्दा यहाँबाट पास भएर गएका बच्चाहरु अहिले पनि समय समयमा आइरहन्छन् । उनीहरुले स्कुलमा कुनै कार्यक्रम हुँदा आफ्नो क्रियाकलाप देखाउँछन् । हामी सबै खेलपूर्ण विधिमा केन्द्रित हुन्छौँ । बिहान पढाउने र दिउँसो खेलेर सिकाउँछौँ । यस स्पोन्ज लर्नरलाई दिवा स्याहार केन्द्रबाट सुरु गरेर हामीले युकेजीसम्म स्तरोन्नती गर्न सफल भएका छौँ । अहिले यस स्कुलमा जम्मा ६५ जना विद्यार्थी र १२ जना शिक्षक छन् ।
पहिला हाम्रो स्कुल भिमसेनथानमा थियो । डल्लूमा सारेपछि यहाँ एकदम शान्त वातावरण छ । यहाँको क्षेत्र पनि राम्रो भएकाले यता सारेका हौँ ।
हामीले हरेक शनिबार अक्मास भन्ने कक्षा पनि सञ्चालन गर्दै आएका छौ । यो भनेको मेन्टल म्याथ भन्ने बुझिन्छ । यसमा बाहिरका बच्चाहरु पढ्न आउँछन् । दुई वर्ष देखि कक्षा ९ सम्मका बच्चाहरुले यस कार्यक्रममा भाग लिँदै आएका छन् । यो दैनिक साढे दुई घन्टाको कोर्स हो । यो संचालन भएको ५ वर्ष भयो । यसमा नजिक र टाढादेखिका विद्यार्थी पढ्न आउँछन् ।
आगामी दिनमा हामी यस स्कुललाई अद्यावधिक गर्ने योजनामा छौँ । हामी अहिले युकेजीमा नै जाने भन्नेमा छौँ । हामी सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिन्छौँ । अभिभावक पनि अहिलेसम्म सन्तुष्ट नै हुनुहुन्छ । उहाँहरु यहाँ आफ्ना बालबालिका राख्दा सुरक्षित हुन्छ भन्ने सोच्नुहुन्छ । यसमा हामीलाई खुशी छ ।
मन्टेश्वरीहरुमा स्यहार र सिकाइको पनि राम्रो व्यवस्था हुन्छ । हामीहरुले आफ्नो क्षमता र स्रोत साधनले भ्याएसम्म गरिरहेका छौँ । यो सबै शिक्षाको विकास र भावी सन्ततिका लागि हामीले गरेका छौँ । सामुदायिक विद्यालयमा यस प्रकारको व्यवस्था छैन । सरकारले सामुदायिक विद्यालयका नाममा विभिन्न शीर्षकमा बजेट राखेको हुन्छ तर कसरी खर्च भयो र कति परिणाम आयो भन्ने स्पष्ट हुँदैन । हामी चाँही हाम्रो परिणाम अभिभावकसमक्ष निरन्तर पस्कँदै आएका छौँ ।
प्रस्तुति ः रीना यादव र विनिता केसी