चोभार बचतको शैक्षिक कर्जा

चोभार बचतको शैक्षिक कर्जा

काठमाडौँ, १८ भदौ । शैक्षिक कर्जाका रुपमा विद्यार्थीलाई पठन–पाठनमा समेत लगानी गर्दै आएको चोभार बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कीर्तिपुरको बाघभैरवमा सम्पन्न साधारणसभाले सहकारी विज्ञ इन्द्रबहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष विजया दबाडी काफ्ले र सचिव सुवास धिताल निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्ष श्रीनाथ रिजाल र सहसचिव पुरुषोत्तम कार्की तथा सदस्यहरुमा गंगा धिताल, प्रवीन्द्र कटुवाल, गोपाल धिताल, विवेक कार्की, विष्णु शर्मा फुयाँल, भुवन महर्जन, शक्तिशरण थापा, हीराभाइ महर्जन र कुमार सिलवाल हुनुहुन्छ ।
पूर्व उपाध्यक्षसमेत रहेकी काफ्लेको स्वागत मन्तव्यबाट सुरुभएको साधारणसभामा अध्यक्ष कार्कीले गत वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिजाल र लेखा समितिको प्रतिवेदन फुयाँलले प्रस्तुत गर्नुभएको थियो ।
सहभागी सबै सहकारी सदस्यले एकमत भएर पुरानै कार्यसमितिलाई निरन्तरता गर्न आह्वान गरेका कारण निर्वाचन अधिकृत श्रीधर भण्डारीले सोहीअनुसार निर्णय गर्दै सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।