बच्चाहरुलाई धान खेतमा पनि घुमाउँछौ

बच्चाहरुलाई धान खेतमा पनि घुमाउँछौ

सपना महर्जन
प्रिन्सिपल, एप्पल सिड प्रिस्कुल (Apple seed pre school)
हाम्रो स्कुल मन्टेश्वरीमा आधारित छ । यहाँ हामीले युकेजीसम्म सिकाउँछौँ । यहाँबाट निस्किएका बालबालिका जुनसुकै विद्यालयमा सहजै भर्ना हुन सकोस् भन्ने हाम्रो सोच हो । मन्टेश्वरी प्रिस्कुलमा बालबालिकालाई अनुशासनमा राखेर त्यही तरिकामा सिकाउँछौ । हामीले केही नयाँपन पनि अभ्यास गराउँदै आएका छौँ । जस्तो, कुनै चाडपर्व आउँदा बच्चाहरुलाई सांस्कृतिक कार्यक्रमको बारेमा पढाउँछौ, असारको बेला धान रोपिन्छ ? भनेर सिकाउँछौँ । किनकी चामल त उनीहरुले खाइरहेका हुन्छन् तर त्यो चामल कहाँबाट आउँछ भन्ने उनीहरुलाई थाहा हुँदैन । त्यसैले हामी उनीहलाई खेतमा घुमाउन लैजान्छौ । कृषिको बारेमा ज्ञान दिन्छौँ । बच्चाहरुलाई हामी सबै विषयमा व्यवहारिकरुपमा पढाउँछौँ । जसले गर्दा उनीहरुमा घोकन्ते विद्या नहोस् । उनीहरुको स्मरण शक्ति पनि विकास होस् र यो देखेपछि उसले यो भनेको के रहेछ भनेर सधै सम्झिन सकोस् ।
कतिपय स्कुलमा देखिन्छ कि घोकाएर पढाएको तर हाम्रोमा त्यस्तो हुँदैन । यहाँको बालबालिकिाले कुनै पनि अवस्था वा समस्या पर्दा भन्न सकोस्, सोच्न सकोस् भन्ने हाम्रो उद्देश्य हो । सबै कक्षामा उनीहरुलाई लिडरसिप (नेतृत्व) विकास गराउन लाग्यो भने बोल्ने बानी विकास हुन्छ र अगाडि आएर कुनै शीर्षक दिएर भन्न लगाए पनि भन्न सक्छन् । त्यसैले हामी माइकमा पनि बोल्न सिकाउँछौ । सानैदेखि उनीहरुलाई माइकमा बोल्न सिकाउँदा ठूलो भएपछि ऊ हिच्किचाउने वा लजाउने हुँदैन ।
हामीले उनीहरुलाई सिकाउने कुरामा कमी हुन दिएका छैनौँ । सुरुमा हाम्रोमा ५ जना विद्यार्थी थिए । पहिलो वर्षमै २० जना, पेहोर साल ४० र अहिले ५० जना पुगेका छन् । अरु स्कुलमा सङ्ख्यामा ध्यान दिइन्छ । पास हुने कुरालाई मात्र जोड दिइन्छ । तर हाम्रोमा सबै खालको अवस्था हरेर गुणस्तरीय शिक्षा हेरेर दिइन्छ ।
हाम्रोमा कसैको स्मरण शक्ति छैन भने कसरी त्यो बच्चालाई स्मरणशक्ति विकास गर्ने गरिन्छ । कुनै कुरा हामीले बोलेर मात्र पुग्दैन र हामी देखाएर, फिल गराएर पनि सिकाउँछौ । त्यसले उनीहरुको स्मरणशक्ति विकासमा धेरै परिवर्तन देखिन्छ । हाम्रोमा अहिले युकेजी सम्म छ । हामी क्रमशः ब्रान्च खोल्ने तयारीमा छौँ ।
हाल हामीसँग आठ जना शिक्षक तथा कर्मचारी छन् । संस्थापकहरु चार जना छन् ।
मन्टेश्वरीमा अध्ययन गरिरहेका बच्चाहरुको प्रतिफल भविष्यमा राम्रो हुन्छ । उनीहरु दक्ष जनशक्तिको रुपमा परिणत हुन्छन् । जस्तो बालप्रतिभा अंकित सङ्ग्रौला जोसिलो रुपमा अगाडि बढिरहनुभएको छ । त्यो मन्टेश्वरीकै प्रभाव र वर्तमान शिक्षाको देन हो ।
हामी अहिलेसम्मका सकारात्मक सिकाइलाई ध्यान दिएर भविष्यामा थप राम्रो गर्ने र सितापाइला र ताहचलमा ब्रान्च खोल्ने तयारीमा छौँ ।
प्रस्तुती ः
रीना यादव र विनिता केसी