भूमण्डलीकरणमा शिक्षाका नयाँ आयामहरू

भूमण्डलीकरणमा शिक्षाका नयाँ आयामहरू

“Rethinking Education”

नीति निर्माण

अहिलेको भूमण्डलीकरणमा नीति निर्माणको लागि सबभन्दा ठूलो चुनौती भनेको द्रुत गतिमा अगाडि बढिरहेको सामाजिक र आर्थिक जटिलता नै हुन् / किनभने आर्थिक भूमण्डलीकरणको चपेटामा रोजगारीमा कमी, यूवा बेरोजगार संख्यामा वृद्धि र रोजगारी भएपनि दिगो बन्न नसकेको पीडा गाँसिएको छ/ यसले शिक्षा र कार्य बजार बीच को समन्वय अभाव भएको एकातर्फ देखाउंछ भने अर्को तर्फ शिक्षा र सामाजिक बिकासका नयाँ आयामहरू खोल्ने अवसर पनि उत्तिकै इंगित गर्दछ/ सीमारहित कार्य बजारका कारण शिक्षित कामदार पनि एकै स्थानमा रहन सक्दैनन्/ यस्तो विश्वमा आफुले पाएको ज्ञान र सीपलाई विश्वको कुनै पनि कुनामा सफलतापूर्वक स्थानान्तरण गरेर जिउन सक्ने क्षमता शिक्षा भित्रैबाट खोजिनुपर्छ/ यसले शैक्षिक ज्ञान र सीपको मान्यता, बैधता, र मूल्यांकन पक्षलाई उजागर गरेको छ/ त्यस्तै राष्ट्रिय शिक्षा प्रणालीले नागरिक को पहिचान गराउने सन्दर्भमा अरु प्रति आफ्नो जिम्मेवारी बोध गराउंदै सांघुरिंदै गएको संसारमा अस्तित्व कायम राख्न मद्दत पुर्याउनु पर्दछ/ अर्को अर्थमा शिक्षाले मान्छेलाई कुनै खास मुलुकको सिमित नागरिक बाट माथि उठाएर विश्व-नागरिकता (Global Citizenship) को भाव तर्फ उन्मुख गराउनु आवस्यक छ/ यसले अर्को के कुरा पनि देखाउंछ भने शिक्षामा कुनै स्थान बिशेष नीति भन्दा पनि त्यसमा अन्तर्राष्ट्रिय जगतको समेत प्रतिनिधित्व हुनु जरुरी छ/ शिक्षाको पहूँचमा भएको विस्तारले जन सरोकार र शिक्षामा बाह्य संलग्नताको समेत माग बढाएको छ/ तर यस्ता बिबिध सहभागिताका कारण सार्वजनिक र निजि बिचको सीमा धमिलिएको छ र शिक्षाको प्रजातान्त्रिक व्यवस्थापनमा कठिनाई समेत उत्पन्न गरेको छ/ त्यसैले समाज, राष्ट्र र बजार बिच समन्वय गर्नु पर्ने आवश्यकता तर्फ भने आँखा चिम्लन मिल्दैन/

शिक्षा र ज्ञानलाई विश्वजनीन साझा सम्पतिको रूपमा पुन:स्थानिकरण गर्ने:

अहिलेको परिवर्तित सन्दर्भमा शैक्षिक शासन प्रणालीलाई “शिक्षा मौलिक अधिकार र सार्वजनिक सम्पति”को रूपमा नयाँ ढंगले बिचार गरिनु आवश्यक छ/ अहिले पनि विश्व परिप्रेक्षमा शिक्षालाई मानव अधिकार र सार्वजनिक शिक्षाकै ढंगले विचार विमर्श भएका छन् तर यी सबै तुलनात्मक हिसाबले आधारभूत शिक्षा भन्दा माथि उठ्न सकेका छैनन्/ त्यस्तै यो अवधारणा लाई औपचारिक पद्धति भित्र संस्थानिकरण हुन नसकेका अनौपचारिक र गैर-औपचारिक शिक्षा क्षेत्रमा कसरी र कति सम्म लागू गर्न सकिन्छ भन्ने सोच माथि उठाउनु आवश्यक देखिन्छ/ अर्को शब्दमा शिक्षाको उद्देश्यको छलफल गर्दा “Knowledge” लाई सिकाईबाट प्राप्त सूचना, बुझाई, सीप, अभिबृत्ति र मूल्यको रुपमा बुझ्नु आवश्यक छ/ शिक्षा मात्र नभई ज्ञान पनि सार्वजनिक बस्तु हुनुपर्दछ/ त्यसैले ज्ञानको सृजना गर्नु भनेको एउटा समन्वयात्मक सामाजिक क्रियाकलाप हो र यस भित्र ज्ञानको प्राप्ति, त्यसको बैधकरण र उपयोग सबै कुरा समेटिएका हुनु पर्दछन्/ शिक्षालाई सार्वजनिक बस्तु वा सम्पति मान्ने अवधारणाले हामीलाई नितान्त वैयक्तिक सामाजिक आर्थिक सिद्धान्त भन्दा माथि उठ्न घच्घचाउँछ/ मानवताको साझा सम्पतिको रुपमा ज्ञान अन्तर्निहित हुन्छ/ दिगो बिकासका लागि पनि शिक्षा र ज्ञान सार्वजनीन हुनै पर्दछ जसले “Knowledge Ecosystem” बिकासमा सहयोग गर्दछ/

भविष्यका लागि

पहिचान राजनीतिको पुनरुत्थान र भूमण्डलीकरणका कारण शिक्षाका चार खम्बा “ To know, to do, to be and to live together” को सान्दर्भिकता र तिनका उपयोग खतरामा परेका छन्/ उक्त पुस्तकले शिक्षाको भविष्यका लागि केही अहम् प्रश्नहरु उठाएको छ र अबको छलफल यिनै कुराहरुको सेरोफेरोमा हुनुपर्ने सुझाव दिएको छ/
क. माथि उल्लेख गरिएको ४ खम्बाको सान्दर्भिक पक्षलाई कसरी नवीकरण र अभिवृद्धि गर्न सकिन्छ?
ख. शिक्षाले आर्थिक, सामाजिक, र वातावरणीय दिगोपनका चुनौतीहरुलाई कसरी सम्बोधन गर्न सक्छ?
ग. बहुल विश्व बिचारलाई शिक्षामा मानवीय प्रक्रियाको रुपमा कसरी समावेश गर्न सकिन्छ?
घ. त्यस्ता मानवीय प्रक्रियालाई शैक्षिक नीति र अभ्यासमा कसरी लागू गर्न सकिन्छ?
ङ. भूमण्डलीकरणको प्रभाव राष्ट्रिय शैक्षिक नीति र निर्णय निर्माण मा कस्तो रहन्छ?
च. शिक्षाको खर्च कसरी व्यहोरिनु पर्छ?
छ. माथि नम्बर १ देखि ४ सम्म गरिएका छलफलबाट शिक्षक-शिक्षा, तालिम, बिकास र सहयोगमा कस्तो असर पर्छ?

(UNESCO ले सन् 2015 मा प्रकाशित गरेको “Rethinking Education” पुस्तकमा उल्लेख भएका अवधारणाको संक्षेपिकरणमा आधारित)