नयाँ शक्तिको विद्यार्थी युनियनमा नयाँ नेतृत्व

नयाँ शक्तिको विद्यार्थी युनियनमा नयाँ नेतृत्व

काठमाडौँ, २७ भदौ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ केन्द्रीय समिति चयन गरेको छ ।
युनियनको यही भदौ २३ देखि २६ सम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष गौतमले नयाँ नेतृत्वले शिक्षाका समसामयिक सवालमा कार्यक्रम अघि सार्ने बताउनुभयो ।
समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईँ, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो चयन हुनुभएको छ । समितिमा विभिन्न प्रदेश र समावेशीताका आधारमा उपाध्यक्षहरु र सचिवहरु रहेको सचिव पौडेलले जानकारी दिनुभयो ।