अस्थायी शिक्षकलाई स्वत :स्थायी गरिनु हुँदैन : सरिता

 अस्थायी शिक्षकलाई स्वत :स्थायी गरिनु हुँदैन : सरिता


शिक्षा क्षेत्र प्राय : विवाद विकृतिमा फसिरहेको छ । निजी विद्यालयले चर्को शुल्क उठाएको कुरामा होस् वा विद्यालयमा विद्यार्थीमाथि भएका यौनजन्य दुव्र्यवहार हुन् । अर्कातिर सामुदायिक विद्यालयको गुणस्तर खस्केको गुनासो बढिरहेको छ । यसै सन्दर्भमा अभिभावक संघ नेपालका बरिष्ठ उपाध्यक्ष सरिता अर्यालसँग गरिएको कुराकानी ;
निजी विद्यालयले चर्को शुल्क लिएकामा पहिला पहिला अभिभावकहरु खुब विरोध गर्थे, आजभोलि शिथिलता आएको ?
जतिबेला चर्को शुल्कको कुरा उठ्छ, त्यतिबेला मात्रै अभिभावक संघले दोषीमाथि कारबाहीको गर्नुपर्यो भनेर सरकारसँग पहल गरिरहेको जस्तो देखिएको छ । गतसाल पनि हामी देशका विभिन्न १५० विद्यालयको अनुगमन ग¥यौँ । मापदण्ड बनाएर कारबाही गर्न आग्रह गरिएको थियो । सरकारसमक्ष सिफारिस पनि गरेकै हो तर सरकारले कारबाही गरेन । कारबाही नै नभएपछि दबाब दिइरहनु वा कुरा उठाइरहनुको अर्थ नभएर निष्क्रिय भएको जस्तो देखिएको हो । निजी विद्यालयले विभिन्न शीर्षकमा चर्को शुल्क लिने क्रम रोकिएको छैन । अभिभावकले निजी विद्यालयको कमजोरी खोतल्दा अनि कानुनी आधारमा कारबाहिको पहल गर्दा विद्यार्थीहरुमाथि दुव्र्यवहार पनि भएको छ । अभिभावकले हामीलाई उजुरी ग¥यो भन्दै रिस पोखेर मानसिक यातना दिने गरेको र विद्यार्थीमाथि त्यसको प्रत्यक्ष असर परेको छ । हामीले दबाब दिईरहँदा पनि चर्को शुल्क उठाउने. निजि विद्यालयलाई कारबाही नहुँदा निजि विद्यालयमा उच्च पदस्थ व्यक्तिको लगानी भएर सरकार डराएको वा खुट्टा कमाएको जस्तो लाग्छ । सरकारले दोषी देखिएका २० प्रतिशतलाई पनि अनुगमन र कारबाही गरेको पाईँदैन ।

विद्यालयधिै विद्यार्थीमाथि विभिन्न खालका हिंसा भइरहेका घटना बाहिर आइरन्छन् । तपाईँहरुले के पहल गर्नुभयो त ?
हालै पनि ललितपुरमा बालिकामाथि प्रधानाध्यापकबाटै अनैतिक क्रियाकलाप भइरहेको सार्वजनिक भयो । ती प्रधानाध्यापकले केही वर्ष पहिलादेखि नै बालिकाहरुमाथि गलत क्रियाकलाप गर्दा रहेछन् । यसपालि सार्वजनिक भयो । यस घटनामा संलग्नलाई कारबाही गराउन म आफैँ पनि उक्त विद्यालयमा पुगेँ । र दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास भइसकेको छ । यस्ता घटना बारम्बार दोहोरिरहनुमा अभिभावकको चेतनाको कमीले पनि हो । बालबालिका माथि कुनै नकरात्मक क्रियाकलाप भयो भने सार्वजनिक गर्दा समाजको दृष्टिमा हेलाहोचोँ भइन्छ भनेर अभिभावकले सार्वजनिक नगर्ने गरेको पाईन्छ । त्यसमा हामी अभिभावक स्वयम् दोषी छौँ भनेर आत्माआलोचना गर्दा हुन्छ । यस्ता कुरामा आफ्ना बालबालिका माथि कुनै नकरात्मक क्रियाकलाप गरिए निर्धक्कसँग समाजको डर नराखीकन सार्वजनिक गर्नुपर्छ । राज्यले शिक्षाको क्षेत्रमा धैरै लगानि गरेपनि अभिभावकलाई सचेतना जगाउने कुरामा लगानी गर्न भने सकिरहेको छैन । अभिभावक संघसँग पनि यस्ता घटना विरुद्ध छुट्टै अभियान संञ्चालन गर्ने स्रोत छैन । र समाजको डर भयले गर्दा घटना गुपचुप राखिरहँदा थप बढ्न सक्छ ।
स्थानीय तहमा शिक्षाको अधिकार गएको छ । अब शिक्षाको व्यवस्थापन कस्तो होला ?
स्थानीय तहमा पर्याप्त स्रोत र साधनको कमी देखिन्छ । स्थानीय तहमा शिक्षाका लागि लगानी गर्ने रकम कम हुने र स्रोत नभएपछि अभिभावकसँगै उठाइन्छ । अभिभावकहरुले अब स्थानीय तहमा पनि तिर्नुपर्ने कर बढेको छ । र शिक्षामा पनि अझ लगानी गर्नुपर्दा अभिभावक दोहोरो मारमा पर्नेछन् । सबै स्थानीय तह सक्षम छैनन् । जनप्रतिनिधि पनि नयाँ छन् । शिक्षाका कर्मचारीको पनि कार्यशैली सन्तोषप्रद देखिएको छैन । स्थानीय तहमा शिक्षाको अधिकार बाँडफाँड गर्दा गृहकार्यको अभाव देखियो । ८० प्रतिशत अध्ययन गर्ने सरकारी विद्यालयका विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । २० प्रतिशलाई त अभिभावकले निजीमै पढाइरहेका छन् । तर पनि सकरात्मक भएर सोच्दा एक शैक्षिक सत्र सम्म मात्रै अन्योल हुन्छकि भन्ने हो । स्थानीय तहमा अधिकार प्रत्यायोजन भईसकेको छ । र त्यपछि सबैले पहलकदमी लिँदा शिक्षाको गुणस्तर बढ्ने कुरामा ढुक्क हुन सकिन्छ ।
अहिले अस्थायी शिक्षकलाई स्वत : स्थायी गरिने प्रस्ताव आएको छ । यसले शिक्षाको गुणस्तरमा कस्तो असर पार्ला ?
अबका स्थायी शिक्षकमा हाम्रो भन्दा राम्रो नियुक्त गरिनुपर्छ । योग्यता परीक्षण हुनेगरी असल र योग्य शिक्षक छनोट गर्न खुल्ला परीक्षा नै लिनुपर्छ । स्वत : स्थायी त हुँदैन ।
प्रस्तुति : दिपेश गर्तौला