बाल दिवसमा एकताको सांस्कृतिक कार्यक्रम

बाल दिवसमा एकताको सांस्कृतिक कार्यक्रम


काठमाडौं, ४ असोज । अर्लि चाइल्ड हुड एजुकेशन टिचर्स एशोसिएसन (एकता) ले बाल दिवसका अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

एकताले यही असोज ३ गते ललितपुरको डिएभी सुशील केडिया विश्व भारती स्कुलमा बाल दिवस मनाएको हो । एशोसिएसनका सदस्यहरुका साथै उपत्यकाका विभिन्न १३ प्रिस्कुलका १६० बढी बालबालिकाहरुले कार्यक्रममा विभिन्न प्रस्तुती दिएका थिए । नृत्य तथा नाटकमा केन्द्रीत प्रस्तुतीलाई कार्यक्रममा समावेश गरिएको थियो । संयुक्त स्कुलको प्रस्तुतीले बालबालिकालाई आफ्नो स्कुलबाहेकका साथीसंग सद्भाव बढाउन सहयोग पुग्ने एशोसिएसनले जनाएको छ । एकताले प्रत्येक जाडो महिनामा किन्डर ओलम्पिक लगायतका कार्यक्रम गर्दै आएको संस्थाका सदस्य सुवर्णकेसशरी महर्जनले जानकारी दिनुभयो । यस्तो किसिमको अवसर तथा अनुभवबाट बालबालिकको मनोभावनात्मक व्यवहारमा सकात्मक परिवर्तन आउन सहयोग पुग्ने विश्वास रहेको महर्जनले बताउनुभयो ।