प्रारम्भिक बालबिकासको पाठ्यक्रम मौलिक हुनुपर्छ ः शिक्षाविद् वाग्ले

प्रारम्भिक बालबिकासको पाठ्यक्रम मौलिक हुनुपर्छ ः शिक्षाविद् वाग्ले
काठमाडौँ, १० असोज ।प्रारम्भिक बालबिकाससम्बन्धी पाठ्यक्रम नेपाली मौलिकतामा आधारित बनाउन शिक्षाका विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले बालबालिकाको समग्र विकास हुने गरी पाठ्यक्रम ल्याउन सुझाब दिएका हुन् । कार्यक्रममा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले प्रारम्भिक बालबिकासलाई स्थानीय सन्दर्भमा जोडेर लैजानुपर्ने बताउनुभयो । विदेशमा अभिभावक सचेत रहेको तर नेपालमा अभिभावकको अवस्था फरक भएकाले देशको वातावरणअनुसार प्रारम्भिक बालबिकासको पाठ्यक्रम बनाउनुपर्ने बताउनुभएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकासित छ ।