जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरणबारे प्रशिक्षण

 जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरणबारे प्रशिक्षण

काठमाडौं, २३ असोज । विश्व खाद्य कार्यक्रम र इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजले स्थानीय तहका जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरणका लागि दुई दिने प्रशिक्षण सञ्चालन गरेको छ ।
नेपाल भुकम्प, आगलागी, बाढी, पहिरोजस्ता क्षेत्रमा जोखिमयुक्त छ । पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरणका लागि समुदाय र स्थानीय तह तात्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञहरु गृह मन्त्रालयकका सहसचिव केबी राउत, डा.दिनेश भट्राई, डा. श्रीराम थपालिया, बालानन्द शर्मा, रतिन्द्र खत्री, डा तुल्सी थपलियालगायतले प्रशिक्षण दिनुभएको थियो ।