बच्चाहरुलाई कस्ता लुगा किन्ने ?

बच्चाहरुलाई कस्ता लुगा किन्ने ?

बच्चाहरु धेरै छिटो बढ्छन् किन ? हामी यहाँ छलफल गर्दैछौँ । बच्चाहरु धेरै छिटो बढ्छन् । हामीले कतिपय कुरामा अनुभव गरेका छौं कि बच्चाहरुको लुगा, यो हप्ता ठीक भए पनि अर्काे हप्ता छोटो भइसकेको हुन्छ ।
जुत्ताको झन कुरै नगरौ । बच्चाहरुको बढ्दो उमेरसँग खुट्टा पनि यति छिटो बढ्ने हुन्छ कि आज मात्र ठीक हुने जुत्ता, केही दिनमा साँघुरो हुने हुन्छ ।
हामीसँग अरु उपायहरु छन्, जसले हाम्रो बैंक खाता खाली नगरी बच्चाहरुलाई चाहिने सामाग्री पुर्याउन सकिन्छ । केही टिप्सहरु हेरौँ

हामीले जहिले बच्चाहरुको लागि लुगा, खेलौना, जुत्ता, स्वेटर, ब्याग आदि खरिद गर्दा छोरा, छोरी (भविष्यमा अर्काे बच्चा)लाई हुने गरी नछुट्याई त्यो सामान पछि अर्काे बच्चालाई समेत काम लाग्ने हुनसक्छ ।
२. सामान खरिद गर्दा अलि ठुलो साइज खरिद गर्ने
बच्चाहरुको हरेक लुगा ठुलो खरिद गर्ने, नमिलेता पनि कुनै यस्तो लुगा हुन्छ जुन नसोचीकन ठुलो लिन सकिन्छ । जस्तै रेनकोट, टिसर्ट, ज्याकेट, पाइन्ट आदि । यी लुगा फेरि अर्काे वर्ष प्रयोग गर्न मिल्छ ।
३. राम्रो सामान देख्दैमा पैसा हालिहाल्नु हुदैन
हमी सबैमा एउटा नराम्रो बानी के हुन्छ भने राम्रो सामान देखेपछि त्यो सामान काम लाग्ने हो कि होइन, कति समय टिकने हो, यो सब नसोची हामी किनीहाल्छौं ।
तर वास्तविकमा हाम्रा बच्चासँग तीन जोडी जुत्ता भयो भने ठिक्क हुन्छ । त्यो तीन जोडी जुत्ता फरक फरक डिजाइनको भयो भने त्यसलाई फरक लुगामा लगाउन सकिन्छ । यसरी धेरै सामान भएन भने हामीसगं भएका सबै सामान राम्ररी प्रयोग हुन जान्छ ।
४. रचानात्मक पहिरन
हाम्रो बच्चाहरु लुगाहरु जब पुराना हुन्छन्, तिनीहरुलाई रचनात्मक ढङ्गले पुनः प्रयोग गर्नुपर्छ । जस्तै जब पाइन्ट सानो हुन्छ, त्यसलाई आजको आधुनिक डिजाइनमा काटेर छोटो पाइन्टको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी नयाँ रुप पनि देखिन्छ अनि बच्चाहरु खुशी पनि हुन्छन् ।
५. सामानहरुको राम्रो ध्यान राख्नु
भनेको जस्तो सजिलो नभएपनि, यदि हामीले जुत्ता र लुगाको राम्रो प्रयोग गर्यौ भने त्यो एउटा बच्चा हुर्केर र पनि अर्काे बच्चाको लागि प्रयोग गर्न सकिन्छ ।
सामानहरुको ख्याल राख्ने तरिकाहरु
(मौसम अनुसार जुत्ता र बुटको रेखादेख वा सफाई
(फोहरहरुलाई सफाई गरी हाल्ने
(चिसोमा लुगाहरु लाउन्ड्रीमा धुने अनि धेरै घामबाट बचाउने)
अनुवाद : कविता दुलाल (स्रोत: एजेन्सी)