अभिभावकको निरन्तर सम्पर्कमा जोड दिन्छौँ

अभिभावकको निरन्तर सम्पर्कमा जोड दिन्छौँ

राजु महर्जन
संस्थापक प्रिन्सिपल, न्यु जेनिथ प्रिस्कुल, डल्लु
यो स्कुल २०५५ सालबाट स्कुल भई २०५६ सालदेखि कक्षा सञ्चालनमा आएको हो । त्यसपछि २०५७ दर्ता भयो । त्यहाँदेखि यो स्कुल निरन्तर रुपमा चलिरहेको छ । सानो भ¥याङ्गमा हाम्रो मन्टेश्वरी र तालिम केन्द्र छ । हामीले पहिला स्कुल सञ्चालन गर्यौँ । सुरुका एक वर्ष राम्रो संचालन हुने वित्तिकै समुदायमा स्कुल संचालन गर्ने विचारमा थियाँे किनभने २०५७ सालदेखि म स्कुल पढाउन थालेको थिएँ । पहिला म रक्तकाली हाइट क्षेत्रमा कार्यरत थिएँ । २०५६ सालमा हामीले एक रुपमा प्राथमिक ब्लकको जेनिस प्रिस्कुलको रुपमा नर्सरी देखि कक्षा ५ सम्म चलायौँ । यहाँ स्कुल कम थिए र यहाँको मजाको वातावरण पनि छ । समुदायले पनि हामीले राम्रो पढाउँछ भनेर चिनेको थियो । त्यो कारणले गर्दा हामीले जुन समुुदायमा चिनिएका छौँ, त्यहीँ काम गरेर सजिलै सफलता पाइन्छ भन्ने सोचेले यो क्षेत्र छानेका हौँ ।
अरु स्कुल भन्दा हाम्रो स्कुलमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नयाँपन छ । अभिभावकसँग निरन्तर हामी कुराहरु गर्छौ र हामी हरेक क्षेत्रबाट अभिभावकलाई खुशी बनाउने एउटा सोच सुरुदेखि लिएका थियौँ । त्योअनुसार कार्यक्रम संचालन हुन्छ, यो सायद अभिभावक हो वा शिक्षक हो र हामी शिक्षकहरुलाई पनि त्यही ग्रुपमा लिन्छौँ । म सँधै भन्ने गर्छु कि स्कुल चारवटा पिल्लरमा उभिएको हुन्छ । त्यसमा एउटा पिल्लर प्रशासन भयो, एउटा पिल्लर विद्यार्थी, एउटा पिल्लर अभिभावक र एउटा पिल्लर शिक्षक भयो । यो चारवटाको सम्बन्ध राम्रो भयो भने मात्र स्कुल सफल हुन्छ । त्यसैले अभिभावकलाई हामी विद्यार्थीको बारेमा सधै जानकारी गराउँछौँ । सधै बैठकहरु गर्छाैँ । शुल्क तालिम रिजनेबल छ । जुन कुरा मध्यम वर्गको मात्र हैन कि तल्लो वर्गको कि कुनै अभिभावकलाई गाह्रो भयो भने हामी शुक्कमा सहयोग पनि गछौँ । यो स्कुल शिक्षा मात्र दिने, शुल्क उठाउँने वा भेला गर्ने मात्र होइन फरक फरक क्षेत्रमा समाजिक कार्य गर्ने स्थल पनि हो । हामी अभिभावकलाई पनि सोसियल वर्क गराउँछौँ । पहिला हाम्रो एउटा पवन सुव्बा भन्ने बच्चा थियो । उसको मुटुमा प्वाल परेको थियो, त्योे अप्रेसन गर्न अभिभावकको क्षमता नभएकोले हामीले सहयोग गरेका थियौँ । अहिले ऊ यहाँबाट एसएलसी पास गरेर गइसक्यो ।
भूकम्प पछि हामीले धेरै बच्चाहरुलाई छात्रवृत्ति दिएर पढायौं । बाफलमा एउटा महिलालाई कलेजीको समस्या थियो र त्यहा पनि हामीले सहयोग गरेका थियौ । सरिता महर्जनले आफ्नो कलेजी दान दिनुभएको थियो
बाजुरामा हामीले स्वास्थ्य संस्था बनाइदिएका थियौँ । टेलिभिजनमा हामीले बाजुरामा महिलाहरु खुल्ला अवस्थामा सुत्केरी गराउने र सुत्केरी हुन नसकेर ज्यान पनि गुमाएको देखेपछि त्यो सहयोग गरेका हौँ ।
यस स्कुलले २०६१ सालमा देखि एसएलसी सुरु गरेको हो । त्यहीदेखि अहिलेसम्म राम्रो नतिजा हासिल गरेका छौ । त्यसको साथै हामीले बच्चाहरुलाई अतिरिक्त क्रियाकलापमा भाग गराउने र बाहिर जाँदा पनि उनीहरुलाई सजिलो हुन्छ भनेर विभिन्न कार्यक्रममा पनि लैजान्छौं । विशेषगरी मैले समाजसेवालाई प्राथमिकता दिएको छु ।
अहिले नेपाल शिक्षा प्रणाली धेरै परिवर्तन भएको छ । हामीले पढेको बेला र अहिले धेरै फरक रहेको छ । अझै पनि हामीले समय अनुसार शिक्षा दिन सकेका छैन र १२मा गएर धेरै परिवर्तन आइसकेको छ । अहिले धेरै विषय पढ्न पाइन्छ तर स्कुल क्षेत्रमा कुन तहले गर्दा जुन कक्षा ७ र ८ मा पढ्ने बच्चा कसैलाई समाजिक मन नपर्ने, कसैलाई विज्ञान मन नपर्ने हुन्छ । यसले गर्दा यो कुरालाई जुन प्रारम्भिक शिक्षा छ त्यहाँ देखि प्राथमिक शिक्षा दिनैपर्छ । यो शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्ने कुरा हो । सबैलाई समान रुपमा पढाउने होइन । उनीहरुलाई मन नपर्ने विषय किन पढाउने ? यस प्रक्रियालाई परिवर्तन गर्न सकियो भने शिक्षा प्रणाली राम्रो हुन्छ ।
प्रस्तुति : रिना यादव र विनिता केसी