नयाँ सीप र संस्कृति : मीठोमीठो रेष्टुरेन्ट

नयाँ सीप र संस्कृति : मीठोमीठो रेष्टुरेन्ट

काठमाडौँ, ७ कात्तिक । ल्याटिन अमेरिकाका देशहरुमा पाइने शैली र सुविधाको रेष्टुरेन्ट नेपालमै पाइन थालेको छ । खाना त जहाँ पनि पाइन्छ तर पारिवारिक र शान्त वातावरणसहितको नौलो व्यवस्था भएको रेष्टुरेन्ट सबैतिर पाइँदैन । राजधानी उपत्यकाभित्र यस्ता रेष्टुरेन्ट खोज्दै जाँदा हामी ललितिपुरको भैँसेपाटी (सैँबु) स्थित “मीठो मीठो द टाभेर्न” रेष्टुररेन्टमा पुग्छौँ ।
यो रेष्टुरेन्टमा पुग्नेबित्तिकै खानेकुरा अर्डर गरिहाल्ल्नुपर्छ भन्ने छैन । एकछिन वरिपरी घुम्ने, हरियालीपूर्ण वातावरणमा रमाउने र तस्विर लिने काम गर्न सकिन्छ । धेरै भिड पनि हुँदैन, खाली पनि हुँदैन ।
सडककै छेउमा भएपनि भित्र प्रवेश गरेपछि गाडीको ध्वनी प्रदूषण वा धूँवा र धूलोले यो रेष्टुरेन्टलाई छोएको छैन । भित्र गएर तपाईँ केहीबेर सोफामा बस्न सक्नुहुन्छ । वेटरहरुले सोधेपछि विस्तारै अर्डर गर्नुस् । विभिन्न र नयाँ नयाँ परिकारका खानेकुरा मेनुमा देख्नुुहुन्छ । सबै सूचीका बारेमा थाहा नहुन सक्छ, सञ्चालक वा वेटरले एक एक गरी बुझाइदिन्छन् ।
यहाँ खानेकुराका साथै पेय पदार्थ (मादक) खाएपछि बेलुकी कसरी घर जाने वा कहाँ बस्ने ? भन्ने चिन्ता हुँदैन । यस्तोमा आफैले गाडी चलाएर जानुवर्ने भएमा के गर्ने भन्ने समस्या धेरैलाई पर्छ । कसैलाई अबेरसम्म खाएर त्यतै सुतौँ जस्तो लाग्छ । त्यस्तो अवस्थामा यहाँ त्यस रात सुत्ने व्यवस्था छ तर यो गेष्ट हाउन भने होइन । विदेशी ग्राहक (पर्यटक) लाई निश्चित अवधीका लागि बुकिङ गरेमा चाँही केही रात सुत्न र बस्न सकिन्छ । यहाँ आउने विदेशीहरुमा हाइ प्रोफाइलवाला (कूटनीतिक अधिकारी) आदि हुन्छन् ।
वेष्ट इन्डिजबाट डिप्लोमा इन हस्पिटालिटी एण्ड बार को अध्ययन गरेर फर्केका अविनेश विक्रम विष्टसहित तीन जनाले सो रेष्टुरेन्ट खोलेका हुन् । कपिल शाही र भानु ठाकुर । स्थापनको डेड वर्षमा झण्डै लगानी उठाउने स्थिमिा पुगिसकेको छ । विष्ट अहिले प्रबन्ध निर्देशक हुनुहुन्छ । “विदेशमा पढेर आइयो, स्वदेशमै केही गरौँ भन्ने सोचेर यो रेष्टुरेन्ट खोलेको हुँ ।” विष्टले भन्नुभयो ।
दुई रोपनी जग्गा भाडामा लिएर खोलिएको यो रेष्टुरेन्टमा यही अक्टोबारको २८ तारिखमा यहाँ उत्सव हुँदैछ । वियर डे नाम दिइएको यो उत्सवमा वियर खाने प्रतियोगिता हुन्छ । यहाँ वियर खाने गिलास पनि जम्बो प्रकारको हुन्छ । तीन फुल वियरले दुई गिलास भरिने प्रकारका । प्रवेश निःशुल्क भएपनि प्रतियोगितमा भाग लिनेले सहभागी शुल्क तिरेर वियर खानुपर्छ, जसले बढी खान सक्छ, त्यसलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
वर्षक एक पटक हुने यस्तो प्रतियोगिता र मनोरञ्जनले स्थानीय समुदायलाई पनि आकर्षित बनाएको हुन्छ । यस रेष्टुरेन्टमा पार्टीहरु, सम्मेलन र अन्य कार्यक्रम पनि गराइन्छ ।