ज्ञानोदयमा प्रतिभा पुरस्कार प्रदान

ज्ञानोदयमा प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ, १२ कात्तिक । बाफलस्थित ज्ञानोदय माविले राधाकृष्ण प्रतिभा पुरस्कारसहित विभिन्न पुरस्कारबाट विद्यालयका मेधावी छात्र छात्रालाई पुरस्कृत गरेको छ ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल विद्यार्थीलाई विदाइ गर्न विद्यालयमा आयोजित कार्यक्रममा रु १५ हजार पाँच को राधाकृष्ण प्रतिभा पुरस्कार छात्रतर्फ ओमप्रकाश शर्मा र छात्रातर्फ रञ्जु अधिकारीलाई प्रदान गरियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो पुरस्कार प्रदान गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राधाकृष्ण शर्मा पराजुलीको नाममा सो पुरस्कार स्थापना भएको हो । यस्तै ज्ञानोदय प्रतिभा पुरस्कार विज्ञान संकायका गगन पोखरेल र नेहा गुप्तालाई प्रदान गरियो । पुरस्कार वितरण कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव डा डिल्लीराम रिमाल, काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक शिवसुन्दर वैद्यलगायत सहभागी हुनुहुन्थ्यो भने प्रधानअध्यापक नातिकाजी महर्जनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख शाक्यले नगरपालिकाले विद्यालयको नयाँ भवनका लागि रु चार लाख दिने प्रक्रिया शुरु भउको भन्दै अन्य सहयोगका लागि पनि आफूहरु तयार रहेको जानकारी दिनुभयो ।
उपत्यकामा सामुदायिकतर्फ राम्रो नतिजा ल्याउनेमा पर्ने यस विद्यालयबाट गत वर्ष सो विद्यालयबाट १८६ जना विद्यार्थी एसइई परीक्षामा सफल भएका थिए । त्यसमा ४९ जना ए प्लस ग्रेडमा सफल भएका थिए । उनीहरुलाई जनही रु दुई हजार पुरस्कार दिइयो ।
हााल कुल विद्यार्थी दुई हजार दुई सय विद्यार्थी रहेको शिक्षक गोवन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो ।