एन प्याब्सन फोरममा नयाँ जिम्मेवारी

एन प्याब्सन फोरममा नयाँ जिम्मेवारी

काठमाडौँ, १६ कात्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) मा आवद्ध विद्यालयहरुको एन प्याब्सन स्कुल फोरमले विभागीय जिम्मेवारी दिएको छ ।
गत भदौमा सम्पन्न सो फोरमको १३ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले आफ्नो क्षेत्रमा कार्यहरु व्यवस्थिति गर्न विभागीय जिम्मेवारीहरु दिएको हो ।
फोरमका अध्यक्ष डम्बर कार्कीका अनुसार संगठन विभागमा मोदराज पाण्डे, प्रचार प्रसारमा लेखनाथ पौडेल, प्रकाशनमा प्रकाश श्रेष्ठ, अतिरिक्त क्रियाकलापमा शेरबहादुर पौडेल, प्रशिक्षणमा राजेन्द्र महर्जन, सामाजिक सेवामा प्रदीप भूषाल, परीक्षामा माधवप्रसाद अधिकारी, आर्थिकमा विनोद श्रेष्ठ र समन्वय तथा अनुगमनमा हिक्मत दाहाललाई जिम्मा दिइएको छ । यी विभागले शिक्षाका गुणस्तर बढाउन आफ्नो तर्फबाट योगदान गर्नेछन् ।
हाल राष्ट्रिय महाधिवेशनमा होमिएको एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीका अनुसार विभिन्न भूगोल (क्लष्टर) मा रहेका आफ्ना विद्यालयहरुले उक्त फोरम बनाई गतिविधि सञ्चालन गर्ने गरेका छन् ।