साहित्यकार कँडेल सम्मानित

साहित्यकार कँडेल सम्मानित

काठमाडौँ, १६ कात्तिक । कुलेश्वर आवास परिवार कल्याण संस्था र साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसादको १०९औ जयन्तीका अवसरमा साहित्यकार प्रा घनश्याम कँडेललाई सम्मान गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा कँडेललाई साहित्य सम्मान र जेष्ठ नागरिक हरिहर बास्कोटालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुल्सीप्रसाद भट्राईले सो सम्मान प्रदान गर्नुभएको हो ।
समालोचक प्रा डा महादेव अवस्थीले महाकवि देवकोटाको मानववादी सोच र व्यवहारबारे मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा कविहरु रमेश खकुरेल, डा रामप्रसाद गेवाली, तीर्थराज भट्ट, विजय भट्टराई, नीलहरी सुवेदी, यामसन प्याकुरेल, डा देवी भुषाल, वसन्त घिमिरे, विद्यालक्ष्मी श्रेष्ठ, सुपृया पौडेल, रष्मिता राई, प्रशान्त थापालगायतले कविता वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लोकनाथ पोखरेलले संस्थालार्ई ९२ वर्र्षीय जेष्ठ नागरिक बास्कोटालाई सम्मान गर्न पाउँदा समाज खुशी भएको बताउनुभयो ।
सो क्षेत्रमा प्रत्येक हप्ताको बुधबार जेष्ठ नागरिक कार्यक्रममा विभिन्न कार्यक्रमहरु संचालन हुने गरेको संयोजक राम विनयले जानकारी दिनुभयो ।

Back to Top
(0.014961 seconds )