बालबालिकालाई तह लगाउने व्यवहार

बालबालिकालाई तह लगाउने व्यवहार

म मेरो बहिनीलाई नजिकको मायालु आँखाले हेरेर मुस्कुराउँछु, उसलाई कुनै नकारात्मक असर नपरोस् र ऊ सँधै खुशी रहोस् अनि आफ्नो काम राम्रोसँग गर्न सकोस् भन्ने म चाहान्छु । आमाले उनीहरुलाई अनुशासनमा राख्न खोज्नुहुन्छ । आमाले विश्वास गर्नुहुन्छ कि यो अनुशासन नभएमा सबै खराब हुन्छ ।
वास्तवमा यो वयस्कहरुको हेरविचारसँग सम्बन्धित छ । उनीहरुलाई कसरी हेरचाह गर्ने कस्तो बोली व्यवहार गर्ने र उनीहरु कस्तो बनुन् भन्ने चाहन्छौँ भन्नेसँग सम्बन्धित छ । उनीहरुलाई मनोरञ्जन, खाना र पढाईबारे हेर्ने अभिभावकले नै हो । यस क्रममा जबर्जस्ती वा पिटेर तह लाग्छन् भन्ने कदापी हुन सक्दैन । धेरै अनुसन्धानहरुले यही पुष्टि गरेका छन् ।