जनजाति छात्रालाई आर्थिक सहयोग

जनजाति छात्रालाई आर्थिक सहयोग

नुवाकोट, १९ कात्तिक । शिवपुरी गाउँपालिका वडा नं. ३ स्थित रामायण छाप माध्यमिक विद्यायलय, लिखुमा कक्षा ५ मा अध्ययनरत छात्रा कमला गुरुङलाई अध्ययनका लागि सहयोग स्वरुप दश हजार रुपैयाँ प्रदान गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा कुम्भेश्वर अन्नपूर्ण जागरण मञ्चकी अध्यक्ष तुलसा खकुरेल र गाउँपाललिकाकी उपाध्यक्ष मन्जु केसीले संयुक्त उक्त रकम छात्रा गुरुङलाई प्रदान गर्नु भयो । गरिब, दलित÷जनजाति तथा जेहेन्दार छात्रालाई अध्ययनका लागि कुम्भेश्वर अन्नपूर्ण जागरण मञ्चले सो रकम उपलब्ध गराएको होे ।
विद्यालयका प्रधानअध्यापक चिरन्जीवि खतिवडाले पिता गुमाएका गुरुङको आर्थिक अवस्था कमजोर भएको बेला सो सहयोग पाउन सिफारिस गरिएको बताउनुभयो ।
गुरुङकी आमा राममाया गुरुङले प्रशन्न हुदै “छोरीलाई पढ्नका लागि दिएको पैसा जथाभावी खर्च नगरी उसैको पढाइमा नै खर्च गर्ने” बताउनुभयो । ।
मञ्चकी सचिव अनिता थापाले उक्त सहयोग वापतको रकम जानकी खकुरेल र रघुनाथ खकुरेलले मञ्चलाई प्रदान गर्नुभएको रकम मध्येबाट गरिएको जानकारी दिनुभयो ।