एन प्याब्सनको अध्यक्षमा सापकोटा

एन प्याब्सनको अध्यक्षमा सापकोटा

काठमाडौँ, २० कात्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) को चितवनको सौराहामा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले ऋतुराज सापकोटाको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
कुल एक हजार चार सय १३ प्रतिनिधि रहेको सम्मेलनले बरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रमोहन भट्राई, प्रकाशबहादुर पाण्डे र रामविनय चौरसियालाई निर्वाचित गरेको छ । यस्तै महासचिवमा सुबास न्यौपाने, कोषाध्यक्षमा प्रतापबहादुर थापा चयन हुनुभएको निवर्तमान अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।