आँखा अस्पतालमा पाकिस्तानी सहयोग

आँखा अस्पतालमा पाकिस्तानी सहयोग

काठमाडौं, २६ कात्तिक । चितवनस्थित भरतपुर आँखा अस्पताललाई मित्रराष्ट पाकिस्तानले सहयोग गरेको छ । उसको सहयोगमा सञ्चालित युनिटको नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले आइतबार उद्घाटन गर्नुभयो ।
पाकिस्तानी राजदूतावासको विज्ञप्तिअनुसार डा. जावेदले एक समारोहका बीच सो युनिटको उद्घाटन गर्नुभएको हो ।
सहयोग ३० लाख रुपियाँभन्दा बढीको छ ।