विद्यालय कत्तिको सिर्जनशील ?

विद्यालय कत्तिको सिर्जनशील ?

काठमाडौं ८ मंसिर ।

निजी विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीमा तगडा हुन्छन् भने नेपालीमा केही कमजोर । हरेक विषय अंग्रेजीमै पढ्छन् । त्यसैले एसईईमा उत्कृष्ट नतिजा ल्याउँछन् । जनमानसमा निजी विद्यालयप्रति परेको छाप यस्तै छ ।

भाषाशास्त्री प्रा। माधवप्रसाद पोखरेल निजी विद्यालयले अंग्रेजीलाई प्राथमिकता दिए पनि अपेक्षाअनुसार हुन नसकेको बताउँछन् । ‘अंग्रेजी र नेपालीबाहेक अरू भाषा नसिकाउने सोचले देशको भाषिक विविधता कमजोर भयो,’ उनी भन्छन्, ‘बोर्डिङका शिक्षकले बालबालिकालाई बलियो अंग्रेजी सिकाउन त सकेनन् नै, उल्टै नेपाली भाषा पनि कमजोर बनाए ।’

विद्यार्थीहरू मोबाइल र टीभीमा

नेपाली समाजमा बसेको निजी विद्यालयप्रतिको धारणा विस्तारै चुनौतीपूर्ण बन्दै छ । स्कुले विद्यार्थीहरू मोबाइल फोनमा भुल्न थालेका छन् । गृहकार्य पनि मोबाइलै हेरेर गर्छन्, गुगलमा गाइड खोजेर सार्छन् ।

गाइड हेरेर नेपाली विषय सार्छन्, अंग्रेजी पनि सार्छन् । गृहकार्य गर्दैगर्दा टेलिभिजन पनि हेरिरहेका हुन्छन् । कोही कार्टुन, कोही फिल्म, रेस्लिङ हेरिरहेका हुन्छन् । कतिपय युटयुबमा गीत सुन्दै गृहकार्य गरिरहेका हुन्छन् ।

विद्यार्थीले घरमा त्यसरी अर्कोबाट नक्कल गरेकोरसारेको कुरो थाहा पाएपछि कतिपय विद्यालयले मोबाइल खोसेर लिइदिन्छन् । तर, घरमा आमा–बाबु र परिवारका अन्य सदस्यको मोबाइल जिद्दी गरेरै खेल्छन् । छोराछोरीको जिद्दी कुनै अभिभावकले टार्न सक्ने कुरो पनि भएन । यसबाट सहरबजारका आमा–बाबु, अभिभावक बढी मात्रामा आजित हुँदै छन् ।

पुस्तकालयविज्ञ इन्दिरा दली भन्छिन्, ‘मोबाइल टयाबले गर्दा बच्चाहरू समाजबाट विमुख हुँदै छन् ।’

 

शिक्षकलाई जहिल्यै हतार

शिक्षक पनि उस्तै हुन्छन् । सधैं हतारमा हुन्छन् । भोलिको पाठ प्रोजेक्टरमा पढाउनु छ । हतारहतार गरे गाइडको सहारा लिन्छन् । पढाउने विषयवस्तुको सहज उपाय गाइडमै फेला पर्छ । त्यही ‘कपी एन्ड पेस्ट’ गर्छन् । त्यही सामग्री ४०–४५ मिनेटको कक्षामा प्रोजेक्टरमा प्रस्तुत गरेर बाहिरिन्छन् ।

शिक्षकको प्रस्तुति र विद्यार्थीको गृहकार्य शैली उस्तै हुन्छ । पाठ्यपुस्तकमा भएका प्रश्नको जवाफ निकै विद्यार्थीको एउटै हुन्छ । तर, शिक्षकले अनावश्यक झन्झट मोल्न चाहँदैनन् । शिक्षकले थाहा पाएर पनि चाल नपाएजस्तो गरी होमवर्क जाँचे जस्तो गर्छन् । चुपचाप ठीक चिह्न लगाएर झारा टार्छन् । आज, भोलि, पर्सि गर्दै त्रैमासिक परीक्षा आउँछ । विद्यार्थीको नतिजा अधोगतितर्फ लागेको हुन्छ । अभिभावकलाई बोलाएर ‘तपाईंको बच्चाले यो विषय, त्यो विषयमा प्रगति गर्न सकेन । घरमा स्ट्रिक गरिदिनोस् । टीभी हेर्न, मोबाइल खेल्न बन्द गराइदिनोस् । हामीले मात्र नियन्त्रण गर्न सक्दैनौं ।’ यतिखेर नेपाली समाजमा सूचना प्रविधि, मोबाइल, इन्टरनेट, टेलिभिजन आदि समस्याको जड बन्दै गएका छन् । प्रत्येक शिक्षकको हातमा मोबाइल हुन्छ । हरेक अभिभावकको हातमा मोबाइल हुन्छ ।

 

विद्यालयमा मोबाइल

विद्यालय, कक्षाकोठाभित्र विद्यार्थीलाई मोबाइल प्रयोगमा सिर्जनात्मक बन्न सिकाउने कुनै उपाय छैन रु विद्यालय सञ्चालकरप्रिन्सिपलले भन्न सक्छन्, ‘त्यसो गर्नुपर्दैन ।’ किनभने ‘पर्छ’ भनेमा शिक्षकहरूको आईटी दक्षता अभिवृद्धिका निम्ति थप लगानी गर्नुपर्ने हुन्छ । शिक्षकले भन्छन्, ‘पाठ्यपुस्तक पढाउनै मुस्किल छ, केको मोबाइल रु’ उनीहरू आफूचाहिँ आफैं मोबाइलबाट इन्टरनेटको हरेक सुविधा लिइरहेका हुन्छन् । आईटीलाई आफूअनुकूल प्रयोग गरिरहेकै हुन्छन् ।

राजधानीको बबरमहलस्थित रोजबड विद्यालयका प्रिन्सिपल दामोदर ढुंगाना मोबाइललगायत डिभाइस समस्या भएको स्विकार्छन् । उनका अनुसार विद्यार्थीमा कक्षागत पाठ्यपुस्तकभन्दा अन्य किताब पढ्ने बानी घटेको छ । विद्यार्थीमा गृहकार्य सकेपछि पढाइ सिद्धियो भन्ने भावना छ । सामाजिक सञ्जालले सबैतिर प्रभावित तुल्याएको छ । गणेश राईले कान्तिपुरमा लेखेको खबर ।