बंगलादेशमा मेडिकल कलेज माथिको प्रतिबन्धले विद्यार्थीलाई असर नगर्ने : ईक्यान

बंगलादेशमा मेडिकल कलेज माथिको प्रतिबन्धले विद्यार्थीलाई असर नगर्ने : ईक्यान

काठमाडौं १२ मंसिर
बंगलादेश सरकारले आवश्यक मापदण्ड पुरा नगरेको भन्दै स्थानीय २१ मेडिकल कलेजलाई नयाँ विद्यार्थी भर्नामा पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि विचलिन नहुन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । बंगलादेश सरकारले २१ वटा मेडिकल कलेजलाई प्रतिबन्ध लगाएपछि नेपाल मेडिकल काउन्सिललले पनि थप ३ वटा कलेजमा भर्नाका लागि अनुमति बन्द गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी ईक्यानले बंगलादेशमा सयौंको संख्यामा मेडिकल कलेज रहेको र २४ वटा कलेजमा लगाईएको प्रतिबन्धले बंगलादेशमा मेडिकल शिक्षा लिन नपाइने भ्रममा नपर्न विद्यार्थी तथा अभिभावलाई आग्रह गरेको हो । नेपालबाट प्रत्येक वर्ष ४ सयको संख्यामा एमबीबीएस अध्ययनका लागि बंगलादेश जाने गरेका छन् । हाल बंगलादेशमा २ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । कान्तिपुरबाट

Back to Top
(0.021766 seconds )