कविता प्रतियोगिता सम्पन्न

कविता प्रतियोगिता सम्पन्न

माधव अधिकारी
मंसिर १८ ।
उत्तर पश्चिम भेगीय संस्थागत विद्यालय संघ(नोप्सो)को आयोजनामा गत शनिबार काठमाडौं बनस्थलीस्थित ढुङ्गेधारासंगै रहेको अन्नपूर्ण विद्या सदनमा कविता प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा लिटल क्लाइम्बर्स स्कुल पहिलो, विभूति सेकेण्ड्री स्कुल दोश्रो, सुप्रिम स्कुल तेश्रो र बेबी एन्जल स्कुल सान्त्वना भएका थिए । विद्यालयका प्रिन्सिपल प्रकाश मरासिनीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ईश्वरमान डङ्गोल थिए । कार्यक्रममा विवश पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । समारोहको सञ्चालन नोप्सो सचिव राजेश श्रेष्ठले गरेका थिए । नोप्सोका अध्यक्ष दिलिप रेग्मीले बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रम नियमित आयोजना गरिने बताए ।