पिडित महिलाका गोपनियता कायम राख्न आग्रह

पिडित महिलाका गोपनियता कायम राख्न आग्रह

मंसिर २० ।


महिला हिंसाका विषयमा समाचार प्रस्तुत गर्दा पिडित महिलाका गोपनियता कायम राख्न सरोकारवालाहरुले आग्रह गरेका छन् । पिडित महिलाका परिचय खुलाइनाले सम्बन्धितलाई थप पिडा हुन सक्ने भएकाले गोपनियता कायम भएमा उनीहरुलाई न्याय पुग्ने विश्वास भएको महिला अधिकारकर्मीहरुले बताएका छन् । सञ्चारिका समूह, महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र प्लान इन्टरनेशनलको संयुक्त आयोजनामा ललितपुरमा गत मंसिर १९ गते भएको अन्र्तक्रियामा सहभागिले सञ्चार माध्यमले लैंगिक हिंसाका विषयलाई उठान गर्दा सत्यता र गोपनियतामा ध्यान दिनुपर्ने बताएका हुन ।
कार्यक्रममा सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यमले हिंसा प्रभावित महिलालाई न्याय दिने खालका समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखिन् । सञ्चारिका समुहका महासचिव कमला पन्थीले पिडित महिलाको समाचार सम्प्रेषण गर्दा केही संचारमाध्यममा गोपनियता नअपनाएकाले उनीहरुको पिडामा नुन थप्ने काम भएको बताइन् । आरेक नेपालकी कोषाध्यक्ष पार्वती बस्नेतले पित्तृसत्तात्मक सोचका कारण नै महिलाहरू हिंसा भोग्न बाध्य भएको बताइन् । पत्रकार टंक पन्तले हिंसाकै कारण महिलाहरू पीडित बनेको भन्दै त्यस्ता विषयलाई पत्रकारीता मार्फत उजागर गर्नुपर्ने बताए ।