किड्स स्कुलमा नयां ड्यान्सिङ स्टार !

किड्स स्कुलमा नयां ड्यान्सिङ स्टार !

काठमाडौंको टोखा नगरपालिका ८, बानियांटारमा स्थित किड्स स्कुलले किड्स ड्यान्सिङ स्टार सम्पन्न गरेको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटनका गराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल शर्मिला केसीले बताउनुभयो । विद्यालयले हरेक वर्ष यस कार्यक्रमको गर्दै आएको छ । गत मंसिर २४ गते आइतबार सम्पन्न कार्यक्रममा जुनियर अन्तर्गत एलकेजी र युकेजी र सिनियर अन्तर्गत १,२ र ३ गे्रडकाले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । सिनियर र जुनियरविच भएको छुट्टा छुट्टै प्रतिस्पर्धामा सिनियरमा सारा सिंह ठकुरी प्रथम, कुशल तामाङ दोस्रो, अस्रिया श्रेष्ठ तेस्रो तथा सबिसा उप्रेती चौंथो भएकी थिइन । त्यस्तै, जुनियर तर्फ किन्जल थापा प्रथम, अफिया गुरुङ दोस्रो, प्राण मल्ल तेस्रो र पल्पसा खपाङ्गी चौंथो भएका थिए । विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमममा संलग्न गराउंदा उनीहरुको क्षमता विस्तारमा आत्मविश्वास बढ्ने प्रिन्सिपल केसीले बताउनुभयो ।

 

 

Back to Top
(0.01151 seconds )