प्रदेशसभाको समानुपातिक तर्फको सिट दलहरुलाई बांडफांड,

प्रदेशसभाको समानुपातिक तर्फको सिट दलहरुलाई बांडफांड,

विवेकशील साझा लगायतका ३ दलले १.५ प्रतिशतको थे्रसहोल्ड कटाएर पनि सिट पाएनन् 

पुस ७ ।

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक तर्फको राजनीतिक दलहरुले प्राप्त गरेको सिट सार्वजनिक गरेको छ । जम्मा २ सय २० सिट मध्ये नेकपा एमालले ७५, कंगे्रसले ७२, माओवादी केन्द्र सहित गोलाकार भित्रको हंसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका दल समेतले ३५, संघीय समाजवादी फोरमले १३ तथा राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले र विवेकशील साझा पार्टीले ३–३ सिट पाएका छन्् । राष्ट्रिय जनमोर्चाले २ र नया“ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १–१ सिट पाएका छन् ।


प्रदेश अनुसार दलहरुले पाएकोे सिट


प्रदेश १ मा ३७ सिट मध्ये एमालेले १५, कंगे्रसले १३, माओवादी केन्द्रले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएको छ । यता ४३ सिट रहेको प्रदेश २ मा एमालेले ७, कंगे्रसले ११, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरमले ९, राष्ट्रिय जनता पार्टीले १० र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ । ४४ सिट रहेको प्रदेश ३ मा एमालले १६, कंगे्रसले १४, माओवादी केन्द्रले ८, विवेकशील साझा पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १ र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १ सिट पाएको छ । २४ सिट रहेको प्रदेश ४ मा एमालले १०, कंगे्रसले ९, माओवादी केन्द्रले ३, नया“ शक्ति नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले १, १ सिट पाएका छन् । ३५ सिट रहेको प्रदेश ५ मा एमालले १३, कंगे्रसलले १२, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टी नेपालले १ र राट्रिय जनमोर्चाले १ सिट पाएका छन् । त्यस्तै, १६ सिट रहेको प्रदेश ६ मा एमालले ६, कंगे्रसले ५ माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट पाएका छन् । र २१ सिट रहेको प्रदेश ७ मा एमालले र कंगे्रसले ८, ८, माओवादी केन्द्रले ४ र राष्ट्रिय जनता पार्टी नेपालले १ सिट पाएका छन् ।

सदर मत र थे्रसहोल्ड कटाउने दलहरु


सातवटै प्रदेशमा ९० लाख १९ हजार ३ सय ७ सदर मत मध्ये ५ लाख २३ हजार ४ सय ८ मत गणना नभएको आयोगका सचिव वेगेन्द्रराज शर्माले बताउनुभयो । जम्मा २७ दल मध्ये १.५ प्रतिशत थे्रसहोल्ड कटाउने दलहरु प्रदेश १ मा ६, प्रदेश २ मा ६, प्रदेश ३ मा ७, प्रदेश ४ मा ५, प्रदेश ५ मा ६, प्रदेश ६ मा ४ र प्रदेश ७ मा ४ रहेका छन् । विवेकशील साझाले प्रदेश ४ मा, राप्रपालले प्रदेश ४ र ७ मा, र नेमकिपाले प्रदेश ६ मा थे्रसहोल्ड कटाएर पनि सिट पाउन सकेनन् । बढी मत पाउने दलहरुलाई सिट बांडदै जांदा वितरण गर्नु पर्ने सिट संख्या सकिएका कारण थे्रसहोल्ड कटाएर पनि ३ दलले सिट नपाएको सचिव वेगेन्द्रराज शर्मा पौड्यालले स्प्रष्ट पार्नुभयो ।

 

Back to Top
(0.012078 seconds )