येशू ख्रीष्टस् अन्तरिक्षको सक्‍कली जीव ?

येशू ख्रीष्टस् अन्तरिक्षको सक्‍कली जीव ?

बैचारिक स्वतन्त्रता प्रयोग गर्दै अपरम्परागत क्रिष्टमास सोच
-भजुराम तखाछेँ श्रेष्ठ

सयौँ वर्षदेखि येशू ख्रीष्टलाई पुतली बालक बनाएको बनाइ गरेर त्यसको वरिपरि खुशियाली मनाउँदै क्रिश्‍चियनहरू डिसेम्बर २५ तारिखको दिन उहाँको जन्मोउत्सब मनाउँदैछन्। हुन त यो दिन उहाँको जन्मदिन होइन। पूर्विय आँखाले इसाई धर्मलाई पश्‍चिमी धर्म भनेर पूर्वाग्रह मनस्थिति भएकाहरूले जिकिर गरेतापनि यस धर्मको प्रादुर्भाव पूर्वमा भएको इतिहास साक्षी छ (हुन त उहाँ न त पूर्वको न त पश्‍चिमको, जुन् हामीले पछि हेर्नेछौँ।) पूर्वबाट पग्लिएर गएको इसाई धर्म पाश्‍चत्य रोममा जानुभन्दा अघि त्यो देशका सम्रात् र जनताहरूले डिसेम्बर २५मा नेपालको छठ पर्व जस्तै सूर्यको पूजा गर्दै भोजभतेर गरेर मनाउँथ्यो।
सन् ३२५मा रोमन क्याथोलिक चर्चको धर्मगुरू बिशप लाइबेरियसले रोममा रहेका सबै इसाईहरूलाई डिसेम्बर २५तारिखका दिन येशूको जन्मदिन मनाउन आदेश दिएका थिए। सूर्यलाई पूजा गर्नेहरूलाई खुशी पार्न र येशू आफैले संसारको ज्योति हुनुहुन्छ भन्ने निहुँलाई समेतेर बाइबललाई व्यक्तिगत रूपमा पढ्न नपाएका सार्वजनिक इसाईहरूलाई पनि चित्त बुझाउन यस दिनलाई पर्वको रूपमा मनाउन उक्त बिशपले आदेश जारी गरेका थिए। सृष्टिको स्मारकको रूपमा हप्‍ताको सातौँ दिन शनिवार बाहेक अरू कुनै दिन पनि चाडपर्वको रूपमा मनाउन बाइबलले अनुमोदन गरिएको छैन। त्यसकारण डिसेम्बर २५को विशेषतालाई हेर्ने हो भने यो लोकप्रिय स्थानीय धर्म र इसाई धर्मको अवैधानिक गठबन्धनको उपज हो। क्रिष्टमासको नाउँमा मानिसहरूले पार्टी तथा मोजमज्जा गर्ने गर्नेभएकोले आत्मिक रूपमा हेर्ने हो भने इसाई धर्मलाई भ्रष्ट पार्ने धेरै संस्कारहरू घुसेकोमा यो पनि एक हो। यथार्थमा जनमानसको बीचमा यसले येशूनितिको प्रतिबिम्ब गर्दैन। जब येशू जन्मनुभएको थियो इस्रायलका राजा हेरोडको क्रोधबाट बच्‍न बालक येशू र उहाँका आमा मेरी र संरक्षक बुबा युशुफ रातारात इजिप्‍टमा भाग्नुपरेको थियो। हेरोड राजाले बालक येशूलाई मार्न धेरै अनजान बालकहरूको हत्या भएको थियो। त्यसकारण उहाँ जन्मिनुहुँदा इस्रायलमा रमाहतको वातावरण थिएन।
जे भएतापनि यस आलेखको उद्देष्य इसाई धर्म धर्म हो वा येशूनिति हो भनेर चिरफार गर्ने नभएकोले यसको केन्द्रविन्दु येशू हुनुहुन्छ। येशू जन्मिनुभन्दा सयौँ वर्ष अघि उहाँको जन्मको बारेमा भविष्यवाणी बाइबलमा उल्लेख गरिएको पाइन्छ। अझ स्वामी प्रपन्नाचार्यले आफ्नो पुस्तक बेदमा के छरुमा त येशूको जन्म भविष्यपुराणमा उल्लेख गरिएको बताउनुभएको छ। त्यसकारण येशूको जन्मको भविष्यवाणी ऐतिहासिक रूपमा पुष्टि भएको थियो। बिलायतका प्रख्यात नास्तिक बर्तेन्द्र रसेल होस् वा अरू किन नहोस्, विश्‍वविख्यात वैज्ञानिक अज्ञयवादी वा परमेश्‍वरको अस्तित्व छ वा छैन भन्ने कुरामा अनिश्‍चित भएको स्टिभन हकिङ्गले पनि आफ्नो जन्मदर्ता येशूको जन्मसँग गाँस्न वाध्य भएको पाउँछौँ। किनभने येशूको जन्मको मितिले विश्‍वको इतिहास दुई भागमा विभाजित भएको थियो।
येशूको जन्म ऐतिहासिकरूपमा विवादस्पद नभएको तथ्य हो। उहाँ इस्रायल देशको दोस्रो राजा दाउदको बंशमा जन्मनुभएको थियो। कालान्तरमा गएर राजा दाउदको बंश सर्वसाधारणमा मिसिन गएका थिए। येशूको संरक्षक बुबा युशुफ उहाँ रहनुभएको सहरको प्रख्यात सिकर्मी थिए।
येशूको बंश राजा दाउद, इस्लाम र यहूदी धर्मले मान्ने अब्राहम र पहिलो मानव आदमसम्म चित्रण गरिएतापनि उहाँको जन्म अरू मानिसको जस्तै स्त्री र पुरुषको सम्वन्धबाट नभएर अलौकिक तरिकाबाट भएको बाइबलले बताउँछ।
इसाई धर्मका ज्ञाताहरूले बाइबलको उत्पत्ति ३स्१५मा उल्लेखित भविष्यवाणीलाई त्यतिकै चित्त बुझाएर बसेको पाइन्छ। यसमा लेखिएको छस् ूस्त्रीको बिऊले सर्प वा शैतानको शिर कुच्याउनेछ।ू के स्त्रीले कुनै पनि मानव प्राणीको निम्ति आफ्नै बिऊ उत्पादन गर्न सक्छ ररु यो वैज्ञानिक तथा जीवविज्ञानको खोजनितिको विषय हो र यस आलेखसँग त्यसको जवाफ छैन। तर जब येशूको जन्मको मामिलामा हेर्ने हो भने स्त्रीको बिऊ नभएर स्त्रीमा रोपिएको बिऊ भन्दा तर्कयुक्त देखिन्छ।
कन्या केटी युशुफसँग बिवाहको निम्ति मगनी भएको थियो भनेर हामीलाई बाइबलले बताउँछ। बिवाहचाहीँ भएको थिएन। तर एकदिन जब मेरी एक्लै आफ्नो कोठामा थिइन् तर एक अलौकिक स्वर्गदूत अचानक उनकहाँ देखा परे। उनी डराएको देखेर स्वर्गदूतले उनलाई सम्बोधन गरे, 'तिमी नडराऊ। तिमीलाई परमेश्‍वरले धेरै सम्मान गर्नुभएको छ। सबै स्त्रीहरूमा तिमी धन्य हो। तिमीबाट एक बालक जन्मिनेछ, र जब तिमीले त्यसलाई जन्माउँछ्यौ तब उनको नाउँ येशू राख्‍नु किनभने उहाँ परमेश्‍वरको पुत्र कहलाइनुहुनेछ। 'आफ्नो जीवनलाई नै धक्‍का दिने खालको वचन सुनेर अकमक हुँदै मेरीले स्वर्गदूतलाई इमान्दारीपूर्वक भन्छिन्, 'हेन, म कसैसँग सुतैकै छैन त मेरो बच्चा कसरी हुन्छरुू अनि स्वर्गदूतले जवाफ दिन्छन्, 'पवित्र आत्मा तिमीमाथि आउनेछ, सारा जगतको शक्तिशाली परमेश्‍वरको शक्तिले तिमीलाई छोपिनेछ। अनि तिमीमा हुने पवित्र बस्तु जुन् तिमीबाट जन्मिनेछ उनलाई परमेश्‍वरको पुत्र कहलाइनेछ किनभने परमेश्‍वरको निम्ति कुनै थोक पनि असम्भव छैन।' स्वर्गदूतबाट पाएको जवाफ स्पष्ट थियो। येशू कुनै मानवको समिश्रणबाट नभएर, न त पूर्व वा पश्‍चिम, उत्तर वा दक्षिणबाट भएर सिधै स्वर्ग वा अन्तरिक्षबाट आउनुहुने रे१ उहाँ अन्तरिक्षको पवित्र जीव अर्थात् उहाँ यस पृथ्वीबाट नभएर अपारबाट आउनुभएको व्यक्ति ठहरिएको छ। उहाँको काम के हो तरु 'उहाँले मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नुहुनेछू भनेर स्वर्गदूतले मेरीलाई भन्छन्। उहाँका जनहरू को हो तरु एक दिन यहूदी धर्मशभाको अगुवाहरूमा एक अगुवा निकोदिमसलाई येशूले भन्नुभयो, 'परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्छ त्यो नाश हुनेछैन।।।'। उहाँले 'जो कोहीू भन्दा धर्म, जात, सम्प्रदाय, वर्ण वा भौगोलिक कारणले बिभाजित मानव जगतलाई लक्षित नगरि प्रत्येक मानव प्राणीलाई जनाउनुभएको थियो। एक दिन उहाँले चेलाहरूलाई भन्नुभएको थियो, 'म यस संसारको होइन, तिमीहरू पनि यस संसारको होइन। एक फेरा राक्षसी स्वभाव लिएर इसाईहरूलाई भष्मासुर गर्न तम्सिएका यहूदी धर्मगुरू पावल जब येशूलाई विश्‍वास गर्न पुगे उनले यो स्विकारयोक्ति गर्दछन्, 'प्रभु स्वर्गबाट आउनुभएको होू ९१ कोरन्थी १५स्४७०। समुच्चरूपमा भन्ने हो भने येशूलाई विश्‍वास गर्नेहरू वा येशू नितिमा चल्नेहरूले यो मान्नुपर्दछ कि तिनीहरू यस पृथ्वीलाई पाहुनाघरको रूपमा लिनुपर्छ र त्यसै अनुसार यस पृथ्वीलाई सञ्‍चिता गर्न अपेक्षा गरिएको छ।
यद्यपि, येशूको जन्म इतिहासको पानामा नथन्क्याइ हृदयमा जन्माइ खुशियाली मनाउने इसाईहरूलाई मतर्फ हार्दिक शुभकामना।

 

Back to Top
(0.011521 seconds )