सरकारीसेवा प्रदायक र संचारकर्मीबिच अन्तरक्रिया

सरकारीसेवा प्रदायक र संचारकर्मीबिच अन्तरक्रिया

भक्तपुर र ललितपुरका सरकारी सेवाप्रदायक तथा संचारकर्मीबिच अन्तरक्रिया सम्पन्न भएको छ । गत पुस ११ गते राजधानीको बानेश्वरमा भक्तपुरबाट प्रदेश ३का प्रादेशिक सांसद हरिसरण लामिछानेको प्रमुख आतिथ्यमा मानव अधिकार संचार प्रतिष्ठान नेपाल 'ईह्रिकन'ले कार्यक्रमको आयोजना गरेको हो ।
सरकारी सेवा कार्यालय प्रति सेवाग्राहीलाई जानकारी मुलक सुचना संप्रेषण गर्न पहल गर्नु कार्यक्रमको उद्धेश्य हो ।
कार्यक्रममा राष्ट्रिय तथा क्षेत्रीय संचारमाध्यमका ३९ पत्रकार, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि र स्थानीय तहका निर्वाचित पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रादेशिक सांसद हरिसरण लामिछानेले ईह्रिकनको अभियान प्रति सहमति जनाउंदै स्वास्थ्य, शिक्षा, कृषि तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा धेरै समस्या रहेको औंलाउनुभयो । उहांले भन्नुभयो, 'स्वास्थ्य, पौष्टिक खाना, शिक्षा तथा अन्य आधारमुत विषयमाथि संचारमाध्यमले धेरै भन्दा धेरै सुचना संप्रेषण गरि विपन्न वर्गको पहुंचससम्म ल्याउन भुमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।'
जिल्ला कृषि विकास कार्यालयका अध्यक्ष पूर्ण ढुंगानाले महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकारको जिज्ञासाको प्रति उहांले जिल्ला तथा स्थानीय तहका प्रतिनिधिले कृषि क्षेत्रमा पारदर्शी भुमिका निभाउनुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले कार्यक्रममा छलफल भएका विषयवस्तुमाथि प्रभावकारिता बढाउन पत्रकार, स्थानीय तहका प्रतिनिधि तथा नागरिक समाजका सदस्य सहितको टोली गठन गरि अघि बढ्न सुझाउनुभयो ।
कन्जोसोम ग्राम्रिण नगरपालिकाका वडाध्यक्ष सन्तलाल लामाले पत्रकारले विटक क्षेत्रका समाचार संप्रेषण आवश्यक चासो दिनुपर्ने बताउनुभयो ।

Back to Top
(0.040505 seconds )