जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार

जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार

डा. लालित कुमार मिश्र

पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ ।

जाडोमा डाइरिया हुने मुख्यकारण चिसो लाग्नु हो । जाडो मौसम सुरु हुने बित्तिकै ुरोटा भाइरसु अत्यन्त सकृय हुन्छ । जाडोमा हुने डाइरिया रोटा भाइरसको कारणले गर्दा नै हुन्छ । डाइरियामा सामान्य सावधानी राखेमा एक सप्ताहमा आफैं ठिक हुन्छ । कुनै औषधिको आवस्यकता नै पर्दैन । तर डाइरिया हपता दिनभन्दा बढिरह्यो भने यसलाई क्रोनिक डाइरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने ज्यानै पनि जाने जेखिम रहन्छ ।

तर अलिकति सावधान भएका यो समस्यालाई निको पार्न साकिन्छ। यदी डाइरियाको समुचित उपचार गरिएन भने शरिरमा पानीको मात्रा अत्यन्त कम भइ जलवियोजन ९डिहाइड्रेसन० हुन्छ । शरिरमा पानी तथा अन्य द्रव्यको मात्रा कमी भए बिरामीको मृत्यु पनि हुन सक्छ ।

डाइरियाबाट बच्ने उपाय
दिसा गरिसकेपछि साबुन-पानीले हात धुने बानि बसाल्ने।
खाना खानुभन्दा अगाडि साबुन-पानीले हात धुने।
फलफुल तथा हारियो सागपात राम्रो संग धोइपखाली मात्र खाने।
खानेकुरालाई छोपेर राख्ने।

डाइरियालागेमा के गर्ने ?
बच्चालाई जिवनजल दिइ रहने।
स्तनपान जारि राख्ने।
खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्यपदार्थ, जस्तैस् केरा, ऊसिनेको आलु मुछेर खान दिने।

याद राख्नुहोस्
डाइरियाको रोगिलाई उपचार गर्दा जलवियोजन (डिहाईडरेसन)को लागि वर्गिकरण गर्नुपर्ने हुन्छ।

यदि दिशामा रगत आइरहेको छ भने-यो रक्तमासी(डिसेन्टरी)हुनसक्छ। जहाँ गम्भिर डिहाइड्रेसनको अवस्था छ भने रोगीलाई आइभी फ्ल्युड अर्थात स्लाइन चढाउनुपर्ने हुन्छ ।यस स्तिथिमा तुरन्तै नजिकको स्वास्थ संस्थामा लानु पर्ने हुन्छ।

डाइरियामा के नगर्ने ?
बच्चालाई मात्र ग्लुकोज या चिनीपानीको घोल न दिने ।
मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न गर्दछ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ ।
यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस् । जस्तै-कोकाकोला, कफिआदि।
डाइरियाकोरोगिलाई आमाको दूधबाहेक बहिरी दूध तथा दूधबाट बनेका परिकार पनि दिनु हुँदैन।

नुन–चिनीको घोल बनाउने विधि
एकलिटर उमालेर सेलाएको पानीमा एक सानो चम्चाले १ चम्चा नुन ८ चम्चा चिनी मिलाएर राम्रोसंग मिश्रण गरी घोल बनाउने। यसघोललाई २४ घन्टाभित्र प्रयोग गर्ने । बाँकिरहेको घोल फ्याँकि दिने। आवस्यकता अनुसार पुन: बनाउने र प्रयोग गर्ने।

उपचार
जलवियोजन हुन नदिन बच्चालाई सधैंकोभन्दा बढीमात्रामा झोलपदार्थ ख्वाउनुस्। झाडापखाला नथामिएसम्म झोलपदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २-१० वर्षसम्मका लागि १००-२००मिलि, १० वर्षमाथिकालाई बिरामिले चाहे जति।

डाइरिया लागेको बिरामीको उपचारको मुख्य उदेश्य जलवियोजन हुन नदिइ रोगिको प्राण बचाउनु हो। पुनर्जलिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण डाइरिया लागेको बिरामीको लागि पुनर्जलिय नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।

बिरामीलाई कसरी र कति पुनर्जलिय उपचार गर्ने भन्ने कुरा बिरामीको अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ । त्यसैले पहिले बिरामीको स्थिति लेखाजोखा गर्नुपर्दछ र सोहि अनुसारको ऊपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था
धैरैपटक पातलो दिशा गरेमा।
राम्ररी खाना वा पिउने नगरेमा।
तारन्तार बान्ता गरेमा।
ज्वरो आएमा ।
ज्यादै तिर्खाएको भएमा।
दिसामा रगत देखिएमा।

होमियोप्याथिक उपचार
कोल्ड डाइरियामा शिशुहरुमा प्रयोग हुने होमियोप्याथिक औषधिहरु निम्न लिखित छन्स् एकोनाइट, डल्कामारा, नक्समस्केटा, नेटृम-सल्फ, नाइट्रिक(एसिड, पोडोफाईलम, पल्साटिला, सल्फर, रसटक्स, नक्सवोम, एलोज आदी।

औषधिहरु रोगीको मानसिक एवं शारिरिक लक्षणको आधारमा प्रयोग गर्न साकिन्छ। उपरोक्त औषधिहरु कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकको परामर्श लिई मात्र प्रयोग गर्नुपर्छ।

लेखक होमियोप्याथिक फिजिशियन हुन् ।

email- mishrahomoeopath@yahoo.com
-कान्तिपुरबाट
Back to Top
(0.014317 seconds )