२५ सयको बीमा गर्दा अब ५० हजारसम्मको स्वास्थ्य उपचार निशुल्क

२५ सयको बीमा गर्दा अब ५० हजारसम्मको स्वास्थ्य उपचार निशुल्क

भक्तपुर । मनिश सुवेदी २०७४ असोज २५ 


अब वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार निशुल्क हुने भएको छ । व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
विधेयक प्रमाणीकरणपछि चरणबद्ध रुपमा कार्यान्वयनमा आउनेछ । अहिले आठ जिल्लामा स्वास्थ्यमा बीमा कार्यक्रम लागू छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले परिमार्जनसहित विधेयक पारित भएको बताउनुभएको छ । पोखरेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयोृ, ‘विधेयकमा धेरै परिमार्जन भएको छ । विपन्न गरिव नागरिकहरुले निस्शुल्क स्वास्थ्य पाउने कुरा छन्। अहिले ऐतिहासिक विधेयक पास भएको छ ।’

के के पाइन्छ सुविधा ?

पारित विधेयक अनुसार खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवाहरुमा बीमा लागू हुनेछ ।
त्यसैगरि बहिरङ्ग, भर्ना उपचार, आकस्मिक उपचार, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवाको लागि पनि बीमा लागू हुनेछ ।
हवाई एम्बुलेन्सबाहेकको एम्बुलेन्स सेवा र नेपाल सरकारले निस्शुल्क तोकेका अन्य सेवाहरुमा समेत बीमाले कभर गर्नेछ ।

यी सेवा पाइन्न ?

तोकिएको मूल्यभन्दा बढी रकमका स्वस्थ्य उपकरण, प्लाष्टिक सर्जरी र कृत्रिम गर्भाधारणामा बीमा लागू हुँदैन । ऐन बनेपछि गरिव, अनाथ र अपाङ्गहरुले स्वास्थ्यमा धेरै राहत पाउने स्वास्थ्यमन्त्री पोखरेल बताउँछन् ।
उनी भन्छन्, ‘यो परिमार्जित विधेयकले सबै जनताहरु तथा सरकारी कर्मचारीहरुले स्वास्थ्यमा राहत पाउँछन् ।’
नेपालभर सरकारी, निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनक तथा सबै सेवा प्रदायक स्वास्थ्य संस्थामा लागू हुने बताइएको छ ।

 

Back to Top
(0.011814 seconds )