गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय–बिजुक्छे

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय–बिजुक्छे

भक्तपुर, पुस २५ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताउनु भएको छ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औ स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले वाम गठबन्धन तोडिएको खबर आएमा अचम्म मान्नु नपर्ने बताउनु भयो ।
पार्टी एकीकरण र सरकार गठनको एजेण्डा लिएर चुनावमा गएका एमाले र माओवादी केन्द्रबिच अझै पनि सहमति नजुटेको सन्दर्भ कोट्याउँदै अध्यक्ष बिजुक्छेले भन्नुभयो–“एमाले र माओवादी केन्द्र बिच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाजो हाल्ने काम गर्दै छन्, त्यसैले यी दुई पार्टीको गठबन्धन टुट्यो भने अचम्म मान्नु पर्दैन ।”
बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताउनुभयो । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् । बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै रफत क्लब भक्तपुरका अध्यक्ष शुसिलबन्धु थापालाई नगद ंर २ हजार २ सय सहित यसवर्षको स्व.मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा शुसासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रटाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको, प्राकृतिक सम्पदाको दोहन हुदै गएको बताउँदै यसलाई रोक्न चुनौती बन्दै गएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने भक्तपुरका समाचारहरु सम्प्रेशन गर्दा सत्यमा आधारित रहेर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापामगरले पत्रकारको पेशगत चुनौती र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं मजदूर दैनिकका सम्पादक सरोजराज गोसाई,महासंघका पुर्ब अध्यक्ष नारायणसुन्दर किलम्बु ,जिल्ला सचिब कृष्ण नेपाल, प्रेस चौतारी केन्द्रीय सदस्य सोम शर्मा बजगाई, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, रफत सञ्चार क्लबका अध्यक्ष थापा, प्रेस चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, नेवा पत्रकार देय दबुका अध्यक्ष सीमान्त मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठ लगायतले भक्तपुरको विकासका लागि संगठित भएर मिसन पत्रकारिता सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

Back to Top
(0.015086 seconds )