नेपाल र युएईको खेल आज

नेपाल र युएईको खेल आज

नामिबिया, २८ माघ । – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ।

यसअघि भएका २ मध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ।पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो।बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको प्रदर्शन कमजोर देखिएको छ । आजको खेलमा नेपाललाई ब्याटिङमा राम्रो गर्नुपर्ने चुनौति छ।नेपालसँग भिड्न लागेको ओमानले पनि पहिलो खेलमा केन्यालाई हराएको थियो भने दोस्रो खेलमा क्यानाडासँग हार ब्यहोरेको थियो।प्रतियोगितामा क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा नेपालसँगै युएई, क्यानडा, नामिबिया, केन्या र ओमान गरी ६ टोलीको सहभागीता रहेको नागरिकन्यूजमा तस्बीर सहित समाचार प्रकासित छ ।

Back to Top
(0.012893 seconds )