क्लोज अपको युवा जोडिका लागि मनोरञ्जन कार्यक्रम सम्पन्न

क्लोज अपको युवा जोडिका लागि मनोरञ्जन कार्यक्रम सम्पन्न

काठमाडौं, २८ माघ । मायाको महिना फेब्रुअरीसँगै भ्यालेन्टाइन डेको आगमनसँगै हरेक वर्षझैं क्लोज अपले यो वर्ष पनि लभ फेस्ट आयोजना गरी माया गर्ने जोडीहरूलाई मनोरञ्जन प्रदान गर्‍यो । नेपालको अग्रणी टुथपेस्ट ब्रान्ड क्लोज अपले भ्यालेन्टाइन्स् डेको आगमनमा युवा जोडीहरूका लागि विशेष वातावरण बनाउन फेब्रुअरी १० शनिबारका दिन सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेल आयोजना गर्‍यो ।

महोत्सवमा सहभागी जोडीहरूले हरेक अवसरलाई जीवनभरका लागि अविस्मरणीय बनाए । सो दिन, दिनभर लाइभ ब्यान्ड, डिजे जोन, डान्स पफर्मेन्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूसँगै सिभिल मल उत्सवमय भयो । यो वर्ष यहाँ आउने जोडीहरुलाई लाउरे ९आशिष राना०, स्वप्न सुमन, सबिन राई विथ ब्याण्ड, श्रेया सोतांग, नितेश जंग कुँवर, सबिन एन्ड द क्रु, ज्योभन भुजु, मायाभी सुरज, द लोदिंग ब्यान्ड आदिले आफ्नो पर्फर्मेन्सबाट सबै मन्त्रमुग्ध पारे । यी कलाकार र ब्याण्डहरूका साथै, विभिन्न कलेजबाट छानिएका प्रतिभाहरूले पनि सँगै आफ्ना प्रस्तुति दिएका थिए ।लाइभ पफर्मेन्सहरू बाहेक क्लोज अप लभ फेस्टमा अन्य क्रियाकलापहरू जस्तै आ–आफ्नो जोडीसँग नाच्नको लागि डिजे जोन, मायाको भविष्यवाणीको लागि ट्यारो कार्ड रिडिङ र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थानले पनि जोडीहरूलाई आकर्षित ग¥यो । साथै, प्रेमीरप्रेमिकाहरूले फुड कोर्ट, संगीत र विभिन्न मनोरञ्जनका साथ रमाइला क्षण बिताए । यो मुख्य कार्यक्रमको लागि पहिले नै युवा जोडीहरूलाई तताएका क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि यसै कार्यक्रममार्फत भयो । जसमा छिरिङ लामा, निरज थापा, स्मृती श्रेष्ठ, अभिषेक श्रेष्ठ र रेगिना खड्का विजयी भए । नागरिकन्यूजबाट साभार । 

Back to Top
(0.01412 seconds )