गाँजाबाजाको ट्रेलर रिलिज

गाँजाबाजाको ट्रेलर रिलिज

चलचित्र ‘गाँजाबाजा’को ट्रेलर रिलिज भएको छ । फागूण २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई गणेशदेव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् ।

यो चलचित्रको निर्माणका लागि लामो समय लागेको थियो । विशेषगरि, चलचित्र विकास बोर्डसँगको लफडाले चलचित्र निर्माणमै रोकिएको थियो ।निख एन्ड जटाको संगीत रहेको यो चलचित्रमा याकोपो रास्किलकको छायांकन, लोकश बज्रचार्यको सम्पादन छ । बाब सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस् र टुका इन्टरटेन्मेन्टले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको लगानी छ ।यो चलचित्रमा सुशिल सिटौला, अनुपम शर्मा, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा दुई यूवाको कमेडी र एक्सन र उनीहरुले जीवनका लागि गर्ने संघर्षलाई उठान गरिएको छ । चलचित्रमा प्रयोग गरिएको केहि शब्द सेन्सर बोर्डले काट्ने पक्का छ । तर, युटुबमा सेन्सर नलाग्ने हुँदा केहि शब्दहरु सहजै प्रयोग गरिएको छ । अनलाईनखबरबाट साभार

Back to Top
(0.011916 seconds )