पार्टी एकता टुंगो लगाउन शीर्ष नेताहरुबीच छलफल

पार्टी एकता टुंगो लगाउन शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ, २९ माघ । पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् ।

एमाले माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ । यहीबीच दुवै पार्टीका अध्यक्षबीच सोमबार ललितपुरस्थित एक व्यक्तिको निवासमा भेटवार्ता भएको हो ।नेताहरुले पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्‍याउने दावी गरे पनि छलफलबाट प्रगति भएको देखिँदैन ।एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सोमबार नै माओवादीको केन्द्रीय कार्यालय बैठक बस्दैछ । अनलाईनखबर बाट साभार ।

Back to Top
(0.01273 seconds )