अक्टोबर सम्म्ममा रेल आउने

अक्टोबर सम्म्ममा रेल आउने

 जनकपुर,२९ माघ । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम युद्धस्तरमा अघि बढेको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दीवाससम्म निर्माण हुने झन्डै ७० किलोमिटर ब्रोडगेज रेलको पहिलो चरणको निर्माण आउँदो आठ महिना २०१८ को अक्टुबर भित्र सम्पन्न हुनलागेको हो ।

नेपाल रेल्वेका कार्यकारी प्रमुख इन्जिनियर बिनोद ओझाका अनुसार परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ९३४ किमि० रेल २०१८ को अब्टुबरसम्ममा सञ्चालनमा आउने छ । त्यसैगरी दोस्रो चरणअन्तर्गत कुर्थादेखि महोत्तरीको भंगहासम्म ९१८ किमि को निर्माण कार्यले पनि द्रुत गतिमा अघि बढेको छ । तेस्रो चरणमा भंगहादेखि बर्दीवाससम्मको १७ किलोमिटर खण्डमा भने जग्गा अधिग्रहणमा समस्या उत्पन्न भएका कारण निर्माण कार्य प्रभावित छ ।

भारतीय निर्माण कम्पनी इरकोनका प्रभारी रवि सहायले कुर्था–भंगहाबीचको लेउरी गाउँमा जग्गा अधिग्रहणसम्बन्धी समस्या अझै समाधान हुन नसकेको बताए । यसैगरी भंगहादेखि बर्दीवास बीचको जग्गा अधिग्रहणसम्बन्धी समस्या समेत समाधान भएको छैन । ‘नेपाल सरकारले २०१८ को जुलाईसम्ममा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जग्गा प्राप्त हुने बित्तिकै हामी ठेक्का बन्दोवस्त गर्छौं । वर्षात लगत्तै तेस्रो चरणको निर्माण कार्य पनि सुरु हुन्छ,’ इरकोनका प्रभारी रवि सहायले भने ।भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको विजुलपुरा हुँदै बर्दीवाससम्मको कुल ६९ किलोमिटर रेल ट्रैकमध्ये ३ किलोमिटर भारतीय भूमिमा पर्दछ । भारतीय भूमिमा पर्ने भूभागमा माटोको काम पूरा भई स्लीपर तथा रेल ट्रैक जडान समेत भइसकेको छ । अधिकांश पुल पुलैसा निर्माण भइसकेका छन् भन्ने जयनगर, इनरुवा, खजुरी, महिनाथपुर, बैदेही, परवाहासहितका रेल्वे स्टेशनहरूको भवन,कर्मचारी आवास आदिको निर्माण कार्य पनि अन्तिम चरणमा छ ।

इरकोनका प्रभारी सहायका अनुसार हालसम्म साढे ५ किलोमिटर ट्रैक जडान गर्ने काम भइसकेको छ । दैनिक ४ सयदेखि ५ सय मिटरसम्म ट्रैक जडान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
यता जयनगरदेखि जनकपुर पूर्वसम्मको २७ किलोमिटरमा माटो पुर्ने तथा पुलपुलैसा निर्माणको ठेकेदार कम्पनी नायक इन्फ्रास्ट्रक्चर आसाम भारत का साइट इन्चार्ज आदित्य सेनापतीले माटो पुर्ने काम पूरा भइसकेको जानकारी दिए । उनले भने,‘२७ किलोमिटरमा माटो पुर्ने काम पूरा भइसकेको छ । पुलपुलैसाको काम पनि आउँदो १५ दिनभित्र पूरा हुन्छ ।’ कपिलेश्वर जनकपुरभन्दा पूर्व० देखि विजुलपुरा सम्म २४ किलोमिटर० को माटोपुर्ने तथा पुल पुलैसा आदिको निर्माण कम्पनी रमण कालिका इन्टरप्राईजेजका सञ्चालक बलराम महतोले पनि आफू माताहतको अधिकांश काम सम्पन्न भइसकेको दावी गरेका छन् । उनले भने,‘हामी यथा समयमै काम सकाउने छौं ।’
समझौता अनुसार–जनकपुरदेखि विजुलपुरासम्मको रेलसेवा २०१६ को मईसम्ममा सञ्चालन गर्नुपर्ने थियो तर आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो गरी रेल सेवा सञ्चालन हुने देखिएको छ । जग्गा अधिग्रहण समस्या समाधान नभएसम्म तेस्रो चरणको योजना सञ्चालन गर्न कठिन हुनेछ । भारतीय कम्पनी इरकोनका प्रभारी रवि सहायले जनकपुरको अस्तव्यस्त सडक तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित समयमा काम पूरा गर्न नसकिएको बताए ।
पूर्वी तथा मध्य धनुषासंगै सीमावर्ती भारतीयहरूका लागि विगत ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेलसेवा झन्डै पाँच वर्षदेखि बन्द छ । सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मै भई सडक यातायात अवरूद्ध हुने भएकोले सेवाग्राहीहरूलाई भारतको घुमाउरो बाटो जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । तर जारी रेल विस्तार तथा स्तरोन्नति कार्यले स्थानीयवासीलाई हर्षित बनाएको छ । खजुरीका सुनिल मण्डलले भने, अब मध्य र पूर्वी धनुषावासीलाई भारतको घुमाउरो बाटो प्रयोग गर्नु पर्दैन ।
१९९४ सालमा तत्कालीन ब्रिटिसकालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर ९५२ किलोमिटर० सम्म सञ्चालनमा थियो तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भए यता रेल सेवा जनकपुरदेखि जयनगर ९२९किलोमिटर० मा सीमित हुन पुगेको थियो । प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत रेलसेवा पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म विस्तार गरिने योजना छ ।
जयनगर–जनकपुर–विजुलपुरा–बर्दीवास रेल सेवा सञ्चालनमा आएपछि कलकत्ता बन्दर्गाहबाट काठमाडौंको दूरी १ सय ३० किलोमिटर घट्ने दावी जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीको छ । जयनगर–बर्दीवास रेल सेवा सञ्चालन भएपछि यस भेगको आर्थिक गतिविधि तीव्र हुने विश्वास चौधरीको छ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा नेपाल सरकारले तत्कालीन दरभंगा महाराज भारत स्वतन्त्र हुनु पूर्वका राजा संग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभंगा महराज तथा नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालित रहेसम्म उक्त भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ । कान्तिपुरमा समाचार छ ।

Back to Top
(0.012683 seconds )