छाउपडी अब दण्डनीय

प्रकाश सिलवाल-
काठमाडौँ, २५ साउन । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू...…

चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण

रत्ननगर (चितवन), २४ साउन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।

सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण...…

 जापानी सहयोगमा मंगलटारमा विद्यालय

काठमाडौँ, २३ साउन । काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा भूकम्पले क्षतिग्रस्त भएको मंगल जनविजय माध्यमिक विद्यालय, मंगलटारको नवनिर्मित चार कोठे पक्की भवन बनेको छ ।
भवनको उद्घाटन गर्दै सांसद श्याम श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर नसुध्रिएसम्म शिक्षा क्षेत्रको सुधार नहुने बताउनुभयो ।
जापानी नागरिक मिचिको मायादाको रु ६५ लाखसहयोग एवं सगुन नेपालको संयोजनमा सो भवन बनेको हो ।...…

निजी कलेजलाई सम्बन्धन दिन लागेकामा विद्यार्थीको आन्दोलन

रत्ननगर (चितवन), २३ साउन । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन् ।

गत असार ६ गतेबाट आन्दोलन गरेका विद्यार्थीले गएको सातादेखि सबै काम ठप्प पारी क्याम्पसको द्वा...…

सरकारले नियन्त्रण गर्न खोज्यो - सामाजिक संघसंस्था

काठमाडौँ, २२ साउन । संविधानले व्यक्ति सरह संस्थाले पनि अधिकार पाउने व्यवस्था गरेको भन्दै विभिन्न गैह्रसरकारी संस्थाका सञ्जालहरुले सरकारले आफूहरुमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।
“प्रचलित कानून बमोजिम वार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन र प्रगति प्रतिवेदन जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा बुझाउदै आएका छौं र दर्ता नविकरण समेत गर्दै...…

बौद्ध विद्यालय निर्माण

इलाम, २२ साउन । इलामको माई जोगमाई गाउँपालिका–१ मा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा साङ्गेछोवोलिङ गुम्बामा हिसे होसल सेरव रडिलिङ आधारभूत विद्यालय निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र आर्थिक सहयोग गरी जम्मा रु २१ लाख सात हजारको लागतमा विद्यालय निर्माण सम्पन्न गरिएको गुम्बाका लामा पेम्वा शेर्पाले...…

बागलुङमा ‘पढाऔँ अभियान’

बागलुङ, २२ साउन । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री रामजी शर्माले अभियान र कोषको एकसाथ घोषणा गर्नुभयो ।
...…

चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ ः गगन

भक्तपुर, २२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोध...…

समुदायले सञ्चालन गरेपछि नमूना बन्यो गोकर्ण मावि

काठमाडौँ, २१ साउन । सामुदायिक विद्यालय भइकन पनि नमूना बन्न सफल भूकम्पले क्षति पुगेको गोकर्ण माध्यमिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भई उद्घाटन गरिएको छ ।

अष्ट्रेलियन एड र प्लान इन्टरनेशनलको रु एक करोड सात लाख सहयोगमा नौ रिक्टर स्केलसम्मको भूकम्पले ५० वर्षसम्म नभत्कने गरी तीनतले छ कोठे सो विद्यालय भवन पुनःनिर्माण गरिएको हो । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, नि...…

‘किसुनजी अध्ययन केन्द्र’ स्थापना

काठमाडौँ, २२ साउन । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना भएको छ । स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र संघर्षलाई आम जनतामाझ पु¥याउने उद्देश्यका साथ उक्त अध्ययन केन्द्र स्थापना भएको हो । केन्द्रको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता र...…

अस्थायी शिक्षकको आमरण अनसन जारी

काठमाडौँ, २० साउन । गत असार ९ गते शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमतिको कार्यन्वयनको माग सहित शिक्षा ऐन नवौँ संशोधनको माग राखसेर आमरण अनशनमा बसेका अस्थाई शिक्षकहरुले जारी राखेका छन् । संयुक्त अस्थाई शिक्षक संर्घष समिति ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादव अनसनमा बस्नुभएको छ । संयुक्त अस्थाई शिक्षक संघर्ष केन्द्रीय समितिका सदस्य दिनेश अधिकारीले शिक्षा मन्त्...…

विशेष शिक्षामा कोरियाले सहयोग बढाउने

काठमाडौँ २० साउन । विशेष शिक्षाका लागि निम्ति दक्षिण कोरियाको छाङओन नेशनल युनिभर्सिले थप सहयोग गर्ने भएको छ । उक्त यूनिभर्सिटीले हालसम्म त्रिभुवन विश्वविद्यालयसित सहमति गरि विशेष शिक्षाका लागि शैक्षिक जनशक्ती विकासमा सहकार्य गरिरहेको छ । छाङओनअन्तर्गत लिडिङ युनिभर्सिटि प्रोजेक्ट इन्टरनेशनल कोअपरेशन (लुपिक) ले अपांगता भएका क्षेत्रको शैक्षिक भविष्य सुनिश्चित गर्न प्रवद्र्धन गर्दै आएको...…

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम...…

एसइई पूरक परीक्षा शुरु

भक्तपुर, १९ साउन । देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा आजदेखि शुरु भएको छ । देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात...…

विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ

लमजुङ १८ साउन । गरिब तथा विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ हुने भएको छ । भोटेओडारस्थित भक्ति नमूना माविमा मोती गजल साँझ हुने भएको हो । सोही विद्यालयमा कक्षा २ सम्म अध्ययन गर्ने विपन्न तथा गरिब बालबालिकालाई खाजा र शैक्षिक सामग्रीका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं सोही विद्यालयका शिक्षक थकित यात्रीले बताउनुभयो । “सरकारी विद्यालयमा पढ्ने बालबालिका खाजा र शैक्षिक सा...…