• Read more >

    नयाँ शक्ती विद्यार्थी युनियनको पहिलो सम्मेलन भदौ २३ मा हुने

    काठमाडौँ, १८ साउन । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ गतेदेखि २५ गतेसम्म किर्तिपुरमा हुने भएको छ । युनियनले पत्रकार सम्मलन गरेर ३ बुँदे सम्मेलन सम्बन्धी निर्णय , ५ दे शैक्षिक निर्णय र ७ बँदे समसामयिक निर्णय सार्वजनिक गरेको हो । १० देखि १२ हजार सदस्यको सहभागितामा सम्पन्न हुने आँकलन गरिएको उक्त महाधिवेशनले विधार्थीहरुको हकहित र जनजिविकासँग जोडिएका संवेदनशिल पक्षलाई... [...]

  • Read more >

    स्टेपिङ स्टोन इंग्लिस स्कुल विजयी

    काठमाडौँ १८ साउन । रियल स्कुल अफ नेपाल २०१७ अन्तर्गत दसौँ क्षेत्रिय फाइनल सुदूरपश्चिामाञ्चलको धनगढिमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट स्पेटिङ स्टोन इंग्लिस स्कुल विजयी घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्र्थीहरु समीक्षा मल्ल, निवेदिका सुब्बा, देवेन्द्र थापा, ज्ञानेश बलायर, दिनेश दुधा र प्रविण चौधरी हुन् । विजयी विद्यार्थीहरुले काठमाडौँमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल... [...]

  • Read more >

    परीक्षाको तयारीसँगै अनशनमा अस्थायी शिक्षक

    काठमाडौँ, १८ साउन । आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आउनुभएको छ । शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी कार्यरत सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्को मिति तोकिनुपर्ने अस्थायी शिक्षक संघर्ष समितिको आन्दो... [...]

  • Read more >

    ७० वर्षमा एसइइ परीक्षा पास गरेका दुर्गेले पाउनेभए छात्रवृत्ति

    काठमाडैाँ १७ साउन । ७० वर्षको उमेरमा विद्यालय शिक्षा परीक्षा एसईई उत्तीर्ण स्याङ्जाका दुर्गे कामीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् ।
    स्याङ्जाको श्रीकालभैरव उच्च माविबाट एसईई परीक्षा उत्तीर्ण उहाँले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतबार भेट गरी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरेको समाचार गोरखापत्रमा प्रकाशित भएपछि राजधानी... [...]

  • Read more >

    कार्यकक्षको माग गर्दै स्ववियुद्वारा तालाबन्दी

    भक्तपुर, १७ साउन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सभापतिका लागि कार्यकक्षको माग गर्दै भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
    स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेललाई दुई घण्टा कार्यकक्षमा थुनेर बाहिर निकाली तालाबन्दी गरेको हो ।
    कार्यकक्षको ढोका अगाडि टाँसिएको क्याम्पस प्र... [...]

  • Read more >

    पुनःआन्दोलनमा शिक्षक अस्थायी

    काठमाडौँ, १७ साउन । अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आज पदयात्रा र कोणसभा आयोजना गरेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट पदयात्रा शुरु गरी पुतली सडक, कमलादी, रत्नपार्क हुँदै भद्रकालीमा कोणसभा गरेको थियो ।

    संयुक्त दबाब समितिका संयोजक प्रवीण न्यौपानेले अर्थ मन्त्रालयले बजेट नदिएको भनी आफ... [...]

  • Read more >

    पूर्व राजालाई गुहारेको छैन- शिक्षक पौडेल

    काठमाडौँ, १७ साउन । अस्थायी शिक्षककै एक समूहले लियन पदमा कार्यरत तथा अध्यापन अनुमति प्रमाणपत्र भएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउन विभिन्न निकायमा माग गर्ने क्रममा पूर्वराजा र प्रधानसेनापतिसमक्ष पनि ज्ञापनपत्र दिने सन्दर्भमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको पाइएको छ ।
    चामुण्डा मावि जोरपाटीका प्रअ यादवले पौडेलले सो सम्बन्धमा आफ्नो प्रत्यक्ष सहभागिता नरहेको तर हस्... [...]

  • Read more >

    अपहरित बालकको उद्धार

    काठमाडौँ १६ साउन । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
    ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

    उहाँले उद्धारस्थ... [...]

  • Read more >

    स्थानीय तहमा शिक्षाको अधिकार नजाँदा दीर्घकालीन असर पर्ने

    कीर्तिपुर, १६ साउन । शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहमा आइनसक्दा दीर्घकालीन असर पर्ने शिक्षाविद्हरुले बताएका छन् ।
    कीर्तिपुर नगरपालिकाको शिक्षा सम्बन्धी रणनीति कार्यशाला गोष्टीका सहभागीहरुले शिक्षकलाई सरुवा गर्ने जस्तो सामान्य विषयमा नगरपालिकाको अधिकार क्षेत्रमा आइनसकेको भन्दै गुनासो गरेका हुन् । शिक्षाविद् प्रा.डा. राजेन्द्रध्वज जोशीले विद्यालयका शिक्षकले राम्रो पढाएन भने वि... [...]

  • Read more >

    अस्थायी शिक्षकको व्यवस्थापनमा प्राथमिकता- उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन र चिकित्सा... [...]

  • Read more >

    अस्थायी शिक्षकका मुद्धा- सर्वाेच्च हुँदै संसद्सम्म

    काठमाडौँ, १५ साउन । तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकको रोजगारी खोसेको आरोपसहित त्यस्तो आदेश दिने न्यायाधीशविरुद्ध महाभियोग लगाउन माग गरिएको छ ।
    महाअभियोग लगाउन सभामुखसमक्ष निवेदन दर्ता गराएकाको भोलिपल्ट शनिवार रत्नपार्कमा कोणसभा गरी अस्थायी शिक्षकहरुले आन्दोलनको चेतावनी दिएका छन् । जनप्रभात मावि, कालीमाटीका शिक्षक शरदकुमार... [...]

  • Read more >

    प्रभावकारी बन्दै बहुभाषा शिक्षण

    रुकुम, १५ साउन । यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ ।

    नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ ।
    तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शि... [...]

  • Read more >

    जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

    महोत्तरी, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।


    शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित... [...]

  • Read more >

    रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

    इलाम, १४ साउन । विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ । स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स... [...]

  • Read more >

    दुर्घटनामा विद्यालय निरीक्षकको मृत्यु

    तिलोत्तमा (रुपन्देही), १२ साउन । दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको पडसरीमा आज दिउँसो लु १ ख ५०२६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १८ प २६७८ नं को मोटरसाइलाई ठक्कर दिदा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    ... [...]

Back to Top
(0.014102 seconds )