• Read more >

    अपहरित बालकको उद्धार

    काठमाडौँ १६ साउन । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
    ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

    उहाँले उद्धारस्थ... [...]

  • Read more >

    स्थानीय तहमा शिक्षाको अधिकार नजाँदा दीर्घकालीन असर पर्ने

    कीर्तिपुर, १६ साउन । शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहमा आइनसक्दा दीर्घकालीन असर पर्ने शिक्षाविद्हरुले बताएका छन् ।
    कीर्तिपुर नगरपालिकाको शिक्षा सम्बन्धी रणनीति कार्यशाला गोष्टीका सहभागीहरुले शिक्षकलाई सरुवा गर्ने जस्तो सामान्य विषयमा नगरपालिकाको अधिकार क्षेत्रमा आइनसकेको भन्दै गुनासो गरेका हुन् । शिक्षाविद् प्रा.डा. राजेन्द्रध्वज जोशीले विद्यालयका शिक्षकले राम्रो पढाएन भने वि... [...]

  • Read more >

    अस्थायी शिक्षकको व्यवस्थापनमा प्राथमिकता- उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन र चिकित्सा... [...]

  • Read more >

    अस्थायी शिक्षकका मुद्धा- सर्वाेच्च हुँदै संसद्सम्म

    काठमाडौँ, १५ साउन । तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकको रोजगारी खोसेको आरोपसहित त्यस्तो आदेश दिने न्यायाधीशविरुद्ध महाभियोग लगाउन माग गरिएको छ ।
    महाअभियोग लगाउन सभामुखसमक्ष निवेदन दर्ता गराएकाको भोलिपल्ट शनिवार रत्नपार्कमा कोणसभा गरी अस्थायी शिक्षकहरुले आन्दोलनको चेतावनी दिएका छन् । जनप्रभात मावि, कालीमाटीका शिक्षक शरदकुमार... [...]

  • Read more >

    प्रभावकारी बन्दै बहुभाषा शिक्षण

    रुकुम, १५ साउन । यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ ।

    नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ ।
    तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शि... [...]

  • Read more >

    जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

    महोत्तरी, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।


    शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित... [...]

  • Read more >

    रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

    इलाम, १४ साउन । विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ । स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स... [...]

  • Read more >

    दुर्घटनामा विद्यालय निरीक्षकको मृत्यु

    तिलोत्तमा (रुपन्देही), १२ साउन । दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको पडसरीमा आज दिउँसो लु १ ख ५०२६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १८ प २६७८ नं को मोटरसाइलाई ठक्कर दिदा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    ... [...]

  • Read more >

    ज्येष्ठता विवादका कारण शिक्षाका कर्मचारी रोकिए

    काठमाडौ १२ साउन । बरिष्ठताको विवादका कारण खटाइएका शिक्षा मन्त्रालयका कर्मचारी स्थानीय तहमा जान हाल रोकिएका छन् । मन्त्रालयले विभिन्न स्थानीय तहमा हालसम्म खटाएका ७८ जना उपसचिवलाई पनि हाल ती तहमा नपठाई काज स्थगन गरेको छ । 
    शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘कहिले जान्छ स्थानीय तहमा शिक्षाका कर्मचारी ?” विषयक अन्तरक्रियामा मन्त्रालयका प्रवक्ता डा.हरि लम्साल... [...]

  • Read more >

    कीर्तिपुरको नमूना-जनसेवा मावि

    काठमाडौँ, १२ साउन । स्थानीय पदमनारायण महर्जनले चाहेर पनि कक्षा ७ उत्तीर्णपछि जनसेवा माध्यमिक विद्यालयमा माथिल्लो कक्षा पढ्न पाउनुभएन । कक्षा ७ बाट ८ मा जाने जम्मा तीनजना मात्र विद्यार्थी भएकाले सो विद्यालयले माथिल्लो कक्षा सञ्चालन गर्न सकेको थिएन, त्यसपछि उहाँ कीर्तिपुरबाट हिँडेर पुतलीसडकको पद्मोदय विद्यालयमा पढ्न आउनुभयो ।

    पाँच दशकअघिको यो स्मरण ग... [...]

  • Read more >

    दिवा सेवा केन्द्रबाट बदलिँदै बौद्धिक अपाङ्गता भएका बालबालिका

    सञ्चिता घिमिरे-

    ललितपुर, १२ साउन । गोदावरी नगरपालिका–११ प्याङ गाउँकी ११ वर्षीया सुभद्रा महर्जन पहिले बोल्न जान्नु हुदैनथ्यो । बौद्धिक अपाङ्गता भएकी उहाँ जन्मँदादेखि बोल्न मात्र होइन जुत्ता उल्टो सुल्टो वा दाँत माझ्ने पनि थाहा थिएन । बज्रबाराही बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा आएदेखि उहाँ आफ्ना काम आफैँ गर्ने हुनुभएको छ ।

    चापा... [...]

  • Read more >

    डा केसीद्वारा ११औँ आमरण अनशन- चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने

    काठमाडौँ, ९ साउन । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्नुभएको छ ।
    प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गर्नुभएक... [...]

  • Read more >

    बस्ती र विद्यालय पहिरोको जोखिममा

    बागलुङ, १० साउन । जिल्लाको गलकोट नगरपालिका–११ रिघाको मनेवापाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका छन् ।
    मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुक्खा पहिरो जाँदा दरमखोला थुनिएको थियो । वर्षा लागेपछि पहिरोको कटान झन बढ्दै जाँदा माथि रहेको बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था देखिएको छ । पह... [...]

  • Read more >

    आंगिक प्राध्यापक द्धारा रिले अनशन सुरु

    काठमाडौँ १० साउन । त्रिभुवन विश्वविद्यालयका आंगिक प्राध्यापकले करारको माग गदै आजदेखि रिले अनशन शुरु गरेका छन् ।

    कम्तीमा एक शैक्षिक सत्र पढाएका आंगिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गदै रिले अनशन शुरु गरिएको आंगिक प्राध्यापक संघका सदस्य घमराज लुइँटेलले बताउनुभयो ।आंगिक प्राध्यापकले उपकुलपतिको कार्यालय अगाडि आज बिहान ८ बजेदेखि अनशन शुरु गरेका हुन् । लुइँटेलका अनुसार... [...]

  • Read more >

    लुम्बिनी बौद्ध विश्वविद्यालयको गन्तव्य र प्रधानमन्त्रीको मन्तव्य

    काठमाडौँ, १० साउन । लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौं सभामा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले तुलनात्मकरुपमा व्यवस्थित सम्बोधन गर्नुभएको छ । प्राय ः यस्ता समारोहमा छोटा र विना तयारीका भाषण गर्ने आरोप खेपेका प्रधानमन्त्री देउवाले सोमबार सिंहदरबारमा सम्पन्न सो विश्वविद्यालयको सभामा लिखित मन्तव्य दिन विश्वविद्यालयको गन्तव्यबारे प्रकाश पानुभएको छ ।
    सो सम्बोधनको पूर्ण विवर... [...]

Back to Top
(0.010873 seconds )