बच्चामा पिङ खेल्दाको रमाइलो र उत्सुकता

दिपेश गर्ताैला–
इलाम, २१ असोज । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० स्थित रामेखोलामा स्थानीयले लगाएको बाँसको पिङ्मा झापाबाट दशैँमा टीका थाप्न आएकी रम्यता राई मच्चिएर खेल्दै थिइन् ।
“यस्तो ठूलो पिङमा खेल्दा धेरै मज्जा आउँदो रहेछ तर धेरै मच्चाउँदा रिङ्गटा लाग्ने रहेछ ।” उनले भनिन्, “यस्तो पिङ मैले पहिलो पटक खेलेको हुँ ।”
रम्यताको मात्र हो...…

विद्यालय निर्माणका लागि सहयोग

सुरुङगा, झापा, २१ असोज : झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

‘दशैँ तिहार गाउँमै रमाइलो’

काठमाडौँ, १३ असोज : गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।

...…

बाबुले आमा मारेपछि बालकको बिजोग

भोजपुर, १० असोज। भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् । टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् । जन्मदिने आमा गुमाएका ती बालकसहित एकै घरका पाँचजना बालबच्चा ७६ वर्षीया हजुरआमा रत्नकुमारी तामाङको साथमा रहेको स्थानीयवासीले बताएका छन् । बाबु हर्कबहादुर तामाङले मदिरा सेवन गरी आमा मीना तामाङको गत...…

महोत्तरीका शिक्षकले दशैँमा तलब पाएनन्

महोत्तरी, १० असोज दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ क...…

किरात विश्वविद्यालय स्थापनाका लागि पहल

खोटाङ, १० असोज। प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश...…

प्रारम्भिक बालबिकासको पाठ्यक्रम मौलिक हुनुपर्छ ः शिक्षाविद् वाग्ले

काठमाडौँ, १० असोज ।प्रारम्भिक बालबिकाससम्बन्धी पाठ्यक्रम नेपाली मौलिकतामा आधारित बनाउन शिक्षाका विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले बालबालिकाको समग्र विकास हुने गरी पाठ्यक्रम ल्याउन सुझाब दिएका हुन् । कार्यक्रममा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले प्रारम्भिक बालबिकासलाई स्थानीय सन्दर्भमा जोडेर लैजानुपर्ने बताउनुभयो । विदेशमा अभिभावक सचेत रहेको तर नेपालमा अभिभावकको अवस्था फरक भए...…

शिक्षा ऐन प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई विज्ञहरुको सुझाव

काठमाडौँ, १० असोज : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न विज्ञले आज भेट गरी हालै व्यवस्थापिका–संसद्बाट पारित शिक्षा ऐन (नवौँ संशोधन) सार्वजनिक शिक्षाको हित प्रतिकूल भएको अवगत गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, डा अर्जुन कार्की शिक्षाविद् डा...…

छात्रवृत्तिका लागि कोटा जति पनि आवेदन परेन

काठमाडौँ,९ असोज ।सरकारले दलित समुदायको विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बर्सेनि करोडौँ रकम छात्रवृत्तिको रुपमा विनियोजन गरेपनि न्यूनमात्र आवेदन पर्ने गरेको पाइएको छ । न्यून आय भएका दलित समुदायमध्ये शैक्षिक क्षेत्रमा पछाडि रहेका डोम,बादी,चमार र मुसहर समुदायका विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा स्नातक तहका लागि छात्रवृत्तिको व्यवस्था गरेपनि कोटा अनुसारको आवेदन दिने विद्यार्थी नै...…

साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

काठमाडौँ, ९ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा निय...…

शिक्षा ऐन खारेजीको माग गर्दै ओलीलाई ज्ञापनपत्र

काठमाडौँ,९ असोज शिक्षा ऐन नवौँ शंसोधन विधेयक खारेजीको माग राखी विभिन्न सात विद्यार्थी संगठनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी ओलि समक्ष ज्ञापनपत्र बुझाएका छन् । आज बिहान ओली निवास बालकोटमा भेट गरी नेपाल विद्यार्थी संघका अधक्ष्य नैनसिंह महर, अनेराष्ट्रवियूकि अधक्ष्य नविना लामा लगायतका सात विद्यार्थी संगठनको हस्ताक्षर गरिएको ज्ञापनपत्र ओलिलाई बुझाउँदै विधेयक ६७ लाख विद...…

तरुण मावि : शिक्षकको लगनशीलताको परिणाम

दिपेश गर्तौला---

काठमाडौँ, ९ असोज । “गतवर्ष कक्षा ६ मा भर्ना गर्न आएका विद्यार्थीलाई कक्षाकोठाको अभावले पढाउन नसक्ने अवस्था आएपछि फर्काउन बाध्य भयौँ ।” शैक्षिक गुणस्तर राम्रो भएको र सामुदायिक विद्यालयको रुपमा अलग्गै पहिचान बनाएको बालाजुस्थित तरुण माविका निमित्त प्रधानाध्यापक लालकाजी श्रेष्ठको अनुभव हो यो । विद्यार्थीको चाप बढेपछि कक्षा ६ मा भौतिक पूर्वाधार व्यवस्था...…

नवौँ संशोधन खारेज गर : विद्यार्थी संगठन

काठमाडौँ, ७ असोज (रासस) ः संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै आज प्रदर्शन गरेका छन् ।
नवौँ संशोधनले शिक्षाको गुणस्तर खस्कने भएकाले फिर्ताको माग गर्दै आज रत्नपार्कमा प्रदर्शन गरेका हुन् । उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भन्दै तत्काल फिर्ता लिन माग गर्दै दिउँस...…

एक हजार ८६१ बालबालिका कुपोषित

नुवाकोट, ८ असोज । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधार...…

दस महिनाका बालकको बाबुआमाले छोडेपछि बिजोग

कञ्चनपुर, ६ असोज ।मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा बुबाको जिम्मामा उनी छन् । नरेन...…