त्रैविद्यमा बाल दिवस

काठमाडौँ, ३० भदौ । शंखमूलस्थित त्रैविद्य शिक्षा सदन विद्यालयले विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ । गरिब तथा अनाथ बालबालिका अध्ययन गरिरहेको हाम्रो सनसाइनका विद्यार्थीलाई त्रैविद्यका विद्यार्थीहरुले पुरस्कार दिएर स्वागत गरे । बालबालिकाबीचमा आपसी सदभाव बढाउन र सानैदेखि दिने बानीको विकास गराउन अन्य विद्यालयका विद्यार्थीसँग खेल्ने व्यवस्था समेत गरिएको संञ्चारकर्मी सुनीता डंगोलले जानकार...…

बाल दिवस : मजदुरी गरेर पढ्दै चिकित्सक बन्ने सोनीको धोको


दिपेश गर्तौला-
काठमाडौँ, २९ भदौ । चिकित्सक बन्ने सपना बोकेकी सोनी लामाको भविष्य के होला ? उनी आफैँ अन्योलमा छिन् ।
सोनी भक्तपुरमा जन्मिएकी हुन् । सानो छँदा उनका बाबाआमा सँगै थिए र दूबै मजदुरी गर्थे । अहिले आमा बाबासँग छुट्टिएकी छिन् ।
दुई कक्षासम्म सोनीले राम्रैसँग पढ्न पाइन् । विगत सम्झँदै सोनीले भनिन् “म भन्दा तीन वर्ष कान्छो भाई काखमा राखेर मलाई र दिदीलाई बाब...…

चुनावमा बालबालिकाको प्रयोगप्रति आपत्ति

लहान, २८ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले तेश्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकामा आपत्ति जनाउनुभएको छ ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुन लागेको स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहनुभएका सदस्य पाठकले आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरी विभिन्न राजनीतिक दल तथा उम्मेदवारबाट चुनावी प्रचारप...…

टोलटोलमा बालविकास केन्द्र आवश्यक : मन्त्री कोइराला

काठमाडौँ, २८ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताउनुभएको छ ।


प्रारम्भिक बालविकासका लागि सांसदहरुको सहकार्य समूह (ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटा...…

नयाँ शक्तिको विद्यार्थी युनियनमा नयाँ नेतृत्व

काठमाडौँ, २७ भदौ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ केन्द्रीय समिति चयन गरेको छ ।
युनियनको यही भदौ २३ देखि २६ सम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष गौतमले नयाँ नेतृत्वले शिक्षाका समसामयिक सवालमा कार्यक्रम अघि सार्ने बताउनुभयो ।
समितिको महिला उपाध्यक्षमा त...…

कर्णाली प्राविधिक शिक्षालय-छात्रवृत्तिका विद्यार्थी मर्कामा

साविकका १३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्कामा

जुम्ला, २७ भदौ । साविकका १३ गाविसले रु ११ लाख रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् ।

आव २०६६÷६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय शुरु गर्न प्रत्येक गाविसले रु दुई लाख अनुद...…

 हस्तलिखित पत्रपत्रिका पढिने ‘विद्यामन्दिर’ अब विद्युतीय पुस्तकालय

बागलुङ, २७ भदौ । पुस्तकालय कक्षमा छिरेर दायाँपट्टि लागेपछि केही पुराना दराज देखिन्छन् । रंगरोगनले चम्किला देखिए पनि ती वर्षौं पुराना हुन् । स्थापनाकालीन पुस्तक लेखिएको दराज उघार्दा भित्र जीर्ण पुस्तक र हस्तलिखित पत्रिका भेटिन्छन् । भारतबाट ल्याइएका पुस्तक राखेर संस्थापकले विसं २००३ मा विद्यामन्दिर पुस्तकालय खोलेका हुन् । नेपालका धेरै कम पुराना पुस्तकालयमध्ये यहाँको विद्यामन्दिर पुस...…

प्राविधिक शिक्षालयबाट चार हजार जनशक्ति उत्पादन

जुम्ला, २६ भदौ । मुलुककै जेठो प्राविधिक विद्यालयको नाम लेखाउन सफल कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्राविधिक जनशक्ति उत्पादनको उत्तम थलो मानिँदै आएको छ । विसं २०३७ मा स्थापित यो प्राविधिक शिक्षालयले राज्यले निकै दुर्गम मानेको हिमाली जिल्ला जुम्लाबाट मुलुकलाई दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि हालसम्म यसले राज्यलाई झण्डै चार हजार प्राविधिक जनशक्ति प्रदान गरे...…

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

तेह्रथुम, २६ भदौ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परि...…

स्याफ्रुबेँसीमा डिजिटल प्रविधिबाट पढाइ

रसुवा, २४ भदौ । पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो । सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ शुरु गर्न आग्रह गरिएको छ ।

विद्यालय...…

 जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति

काठमाडौँ, २५ भदौ । अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शुल्कमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइने जनाएको छ । विश्वविद्यालयका प्रा पल माथरले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका व...…

राष्ट्रपतिबाट उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान

काठमाडौँ, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । 


राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘...…

शिक्षण पेशा छाडी तरकारी खेतीमा

जितपुर (कपिलवस्तु), २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । 


तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भास्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरु तरकारी खे...…

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने

काठमाडौँ, २० भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिनुभयो ।

सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क...…

राष्ट्रिय संस्कृत शिक्षा नीति तर्जुमा आयोग गठन तयारी

काठमाडौँ, १९ भदौ । नेपाल संस्कृत विश्वविद्यालयको ७०औँ सभाले आज आव २०७४÷०७५ लागि रु ९० करोड ८९ लाख ९१ हजार ५०० बजेट पारित गरेको छ । विश्वविद्यालयको चालु आवको नीति, कार्यक्रम तथा आयव्यय बजेटको प्रस्तुतिका लागि यहाँ आयोजित सभाले सरकारी अनुदान र आन्तरिक स्रोतका आधारमा रु ८७ करोड ६४ लाख ९९ हजार ५०० सरकारी अनुदान र रु तीन करोड १४ लाख २० हजार विश्वविद्यालयको आन्...…