नवौँ संशोधन खारेज गर : विद्यार्थी संगठन

काठमाडौँ, ७ असोज (रासस) ः संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै आज प्रदर्शन गरेका छन् ।
नवौँ संशोधनले शिक्षाको गुणस्तर खस्कने भएकाले फिर्ताको माग गर्दै आज रत्नपार्कमा प्रदर्शन गरेका हुन् । उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भन्दै तत्काल फिर्ता लिन माग गर्दै दिउँस...…

एक हजार ८६१ बालबालिका कुपोषित

नुवाकोट, ८ असोज । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधार...…

दस महिनाका बालकको बाबुआमाले छोडेपछि बिजोग

कञ्चनपुर, ६ असोज ।मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा बुबाको जिम्मामा उनी छन् । नरेन...…

ब्रेकिङ् : शिक्षा ऐन संशोधनमा काँग्रेसकै मन्त्री असन्तुष्ट

काठमाडौँ, ५ असोज । व्यवस्थापिका संंसद्बाट पारित शिक्षा ऐन (नवौं संशोधन) को विज्ञहरुले विरोध गरिरहेका बेला मन्त्रिपरिषद्का एक सदस्यले पनि असन्तुष्टि जनाएका छन् । रक्षामन्त्री एवं प्रधानमन्त्रीको दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीमसेनदास प्रधानले अस्थायी शिक्षकलाई एक व्यक्ति एक पदमा स्थायी गराउने प्रकारको सो संशोधन प्रतिस्पर्धी शिक्षाका लागि नकारात्मक काम भएको विचार सार्वजनिक गर्नु...…

 शिक्षा ऐनको तरङ्ग : माथेमा र वाग्ले आयोगमा नबस्ने

काठमाडौँ, ४ असोज । संसद्बाट शिक्षा ऐन (नवौं संशोधन) पारित भएकामा तिब्र असन्तुष्टि जनाउँदै शिक्षाविद्हरु केदारभक्त माथेमा र डा मनप्रसाद वाग्लेले उच्चस्तरीय शिक्षा आयोगबाट अलग हुने जनाउँ दिनुभएको छ ।
मंगलबार संसद्ले तीन दलको सहमतिका आधारमा सामुदायिक विद्यालयको गुणस्तरलाई ख्याल नगरी अस्थायी शिक्षकलाई एक पद एक विज्ञापन हुने गरी ७५ प्रतिशतलाई आन्तरिक र २५ खुल्ला गराउने गरी शिक्षा ऐन...…

तरुणका विद्यार्थीलाई पनेरु प्रतिष्ठानको छात्रवृत्ति

काठमाडौँ, ४ असोज : बालजूस्थित तरुण माध्यमिक विद्यालयका पाँच जेहेन्दार विद्यार्थीलाई कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानले आज छात्रवृत्ति र ३० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सो विद्यालयको वार्षिक कार्यक्रमका अवसरमा प्रतिष्ठानका अध्यक्ष विष्णु पनेरुले सो कक्षा ८, ९, र १० का विद्यार्थीलाई छात्रवृत्ति र सामग्री प्रदान गर्नुभएको हो । अध्यक्ष पनेरु सोही विद्यालयका लोकप...…

शिक्षामा विश्वव्यापी बढ्दो निजीकरणसम्बन्धी सम्मेलनको निष्कर्ष

काठमाडौँ । शिक्षामा विश्वव्यापी बढ्दो निजीकरण र शिक्षा अधिकार सुनिश्चितताको चुनौतीको व्यापक बहश चलिरहेको छ । सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राज्यको पर्याप्त लगानी तथा निजी संस्थाहरुको उचित नियमन सुनिश्चित गर्न आवश्यक भएकामा दुइमत नभएपनि नेपालजस्ता धेरै विकासोन्मुख देशहरु निजीकरणको प्रभावबाट मुक्त छैनन् ।
यस सन्दर्भमा ३० भन्दा वढी देशका संघसंस्थाबीच शिक्षा अधिकार सुनिश्चितताका...…

 मिस एयरहोस्टेस लिम्बूलाई उच्चशिक्षाको छात्रवृत्ति

काठमाडौं, असोज ३ । सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले लगाइकी छिन् ।
सहभागी ३४ जना प्रतियोगीलाई पछि पार्दै रिवा ताज लगाउन सफल भइन । प्रतियोगितामा विजेता भई लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद रुपैया र वसुन्धरा स्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका...…

बच्चाको अवस्था थाहा पाउने तरिका ..

बच्चाको भाषा आमा वा बुबाले उसको हाउभाउबाट बुझ्नुपर्ने हुन्छ । बोल्न नसक्ने साना बच्चा आफ्नो कुरा हाउभाउ शारीरिक प्रतिक्रियाबाट व्यक्त गर्न खोज्छन् । उनीहरु बिरामी भएको, खुशी भएको, दुःखी भएको, पिडा भएको सबै कुरा अनुहार तथा शारीरिक हाउभाउबाट बुझ्नुपर्ने हुन्छ । बच्चाले बोलेर वा हात चलाएर व्यक्त गर्न नसकेको कुरा पनि बुझ्नुपर्छ र त्यहिअनुसार व्यवहार गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा बालरोग बि...…

शिक्षक संगठनको महानगर कमिटी

काठमाडौँ,२ असोज ।नेपाल राष्ट्रिय शिक्षक संगठनको महानगर अधिवेशन भदौ ३१ मा काठमाडौँमा सम्पन्न भएको छ । संघिय ढाँचाअनुसार भएको अधिवेशनले डिल्ली शर्माको नेतृत्वमा ६३ सदस्यीय समिति सर्वसम्मत गठन भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अधक्ष्य बाबुराम थापाले उद्घाटन गर्नुभएको अधिवेशनमा नेपाल शिक्षक महासंघका केन्द्रीय उपाधक्ष्य मधु , नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाधक्ष्य कमला तुलाधर , उपत...…

धुलाबारी माविको तीन भवन एकै पटक उद्घाटन

काँकडभिट्टा, ३ असोज धुलाबारी माविले रु ११ करोडको लागतमा निर्मित तीन भवनको सोमबार एकै पटक उद्घाटन गरेको छ । करिब रु २६ लाख ३६ हजारको लागतमा निर्माण भएको पशु विज्ञान विषयअन्तर्गतको प्रयोगशाला, रु ६५ लाख ६९ हजारको लागतमा निर्माण भएको छकोठे भवन र रु १७ लाख ७६ हजारको लागतमा निर्माण भएको सभाकक्षको उद्घाटन गरेको हो । प्रयोगशाला निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट रु १० लाख, छकोठे...…

बालबालिकालाई पोशाक वितरण

पाल्पा, ३ असोज (रासस) रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित बालहित कल्याण समन्वय समितिले हालै बालबालिकालाई पोशाक वितरण गरेको छ । वडाको बालबालिका बजेटबाट चार विद्यालयका ४०० बालबालिकालाई सर्ट र पाइन्ट वितरण गरेको हो । कालिका मावि बगैँचा, छेउफान प्रावि, छेउफान, भैरव प्रावि बाँसडाँडा, जनकल्याण प्रावि, अँधेरीखोलाका विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव गणेश केसीले जानकारी दिनुभयो । बालबाल...…

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न राष्ट्रपतिको आग्रह

काठमाडौँ, ३ असोज (रासस)राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ माथि उकास्नका लागि ध्यान दिन सरकार, विद्यालय तथा अभिभावकलाई आग्रह गर्नुभएको छ । कालीमाटी टंकेश्वरस्थित नीलबाराही माविको हीरक महोत्सव, ६४औँअभिभावक दिवस तथा नवनिर्मित विद्यालयको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर माथि उठेमा मात्र समग्र देशको शि...…

सर्वोकृष्ठ अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा

काठमाडौँ, २ असोज । पूर्व राजदूत तथा समाजसेवी डा शम्भुराम सिम्खडाले विश्वशान्ति चिरन मिलन क्याम्पसबाट सर्वोकृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आज यहाँ आयोजित आसन्न दशैँ, तिहार तथा छठको पूर्वसन्ध्यामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रममा डा सिम्खडाले आफ्नो व्यक्तिगततर्फबाट हरेक वर्ष विश्वशान्ति चिरन मिलन क...…

गाउँ गाउँमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो

(सुशीला रेग्मी) रामपुर (पाल्पा), १ असोज स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा,...…