विद्यालयको बाँझो जमिनमा खेती गरेर दश करोड बढि आम्दानी गर्न सकिने

काठमाडौँ, ३ साउन । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिने अनुमान गरिएको छ ।

मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करे...…

छात्रवृति पाउन भनसुन

काठमाडौं ,३ साउन । जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा ११ को लागि शनिबार सम्पन्न गरेको छात्रवृत्ति छनौट परीक्षामा विद्यार्थी पास गराइदिन भनसुन गर्नेको चाप बढ्दै गएको छ। जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालाई छात्रवृत्ति मिलाइदिन आउने फोनले हैरान बनाएको खबर नागरिकन्यूजमा छ।
आइतबारमात्रै पदभार सम्हालेका शिक्षा अधिकारी सापकोटाले छात्रवृत्तिका लागि आउने फोनले अनौठो अनुभव गराएको...…

त्रिविले कृषि अध्यापन गर्ने

चितवन, ३ साउन । त्रिविले पाँच वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन पाएको थिएन । हालै मात्र सरकारले दुई विश्वविद्यालयलाई भौतिक सम्पत्ति बाँडफाँट गरी विवाद मिलाएको हो । विवाद मिलेसँगै त्रिविले भरतपुरमा रहेको आफ्नो आंगि...…

चिकित्सा क्षेत्र -डा. केसी फेरि अनशन बस्ने

काठमाडौँ, २ साउन । चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नुभएको छ ।
डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न सरकारलाई असार ३१ गतेसम्मको समयसीमा दिए पनि पूरा नभएको भन्दै साउन ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।
तत्काल माथे...…

नुवाकोटमा कृषि क्याम्पसका लागि आयो स्थानीय बजेट

नुवाकोट, २ साउन । आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४÷७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर÷गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा ल्याएका छन् ।

सरकारले असार २५ गते नै सबै स्थानीय तहलाई एकैसाथ बजेट सार्वजनिक गर्न निर्देशन दिए पनि तयारी नपुगेको भन्दै केही दिन ढिलाइ गरी...…

 भविष्य हेर्दै दृष्टिविहीन महाप्रसाद

पथरी (मोरङ), २ साउन । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग...…

शिक्षक सेवा आयोग ऐन मस्यौदा बन्दै

काटमाडौं २ साउन ।  शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले संवैधानिक व्यवस्थाअनुसार ‘शिक्षक सेवा आयोग ऐन मस्यौदा’ को तयारी भइरहेको जनाएका छन् । अहिलेसम्म शिक्षा मन्त्रालयअन्तर्गत रहेको आयोगले देशभरिका कक्षा १० सम्मका विद्यालयमा कार्यरत शिक्षकको बढुवा, पदपूर्ति र अध्यापन अनुमतिपत्र ९शिक्षक लाइसेन्स० प्रदान गर्दै आएको छ । शिक्षा ऐन आठौं संशोध...…

सामुदायिकका विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृित्तमा सहज

काठमाडौ“, २ साउन । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थाीलाई उच्च शिक्षामा सहज हुने एक क्रार्यक्रमका सहभागीहरुले बताएका छन् । राजधानीको बाफलस्थित ज्ञानोदय माविको कक्षा एघारको अभिमूखीकरण का्रर्यक्रममा वक्ताहरुले सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा छात्रवृित्त पाउने सम्भावना धेरेै हुने धारणा राखेका हुन् ।

एलएलवी प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा गरेर पनि थाहा पाउन सकिनेछ । रासस

पोखरा विश्वविद्यालयमा पनि राजनीतिक भागवण्डा

 पोखरा, १ साउन । त्रिभुवन विश्वविद्यालयमा चरम राजनीतिक भागवण्डा भएको गुनासो बढेका बेला अन्य विश्वविद्यालयमा पनि यो रोग सरेको छ । पोखरा विश्वविद्यालयका पदाधिकारीले सार्वजनिक कार्यक्रममै राजनीतिक भागवण्डा हुने गरेको स्विकार गरेका छन् ।

पोखरा विश्वविद्यालय एक्काइसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा रजिस्टार गोविन्दप्रसाद शर्माल...…

अस्थायी शिक्षक आवद्ध पुनरुत्थान पार्टीले दियो शिक्षा मन्त्रालयलाई चेतावनी

काठमाडौँ, ३१ असार । अनुपातका आधारमा नभई विगतमा सर्वाेच्च अदालतले दिएको फैसलाबमोजिम अस्थायी शिक्षकलाई स्थायी गराउनुपर्ने माग गर्र्दै पुनरुत्थान पार्टी, नेपालले माग पुरा नभए कडा आन्दोलनको चेतावनी दिएको छ ।
अस्थायी शिक्षकका दुई फरक फरक संस्थाबीचकै विवादका कारण शिक्षा मन्त्रालयसँग भएको पछिल्लो सहमति कार्यान्वयनमा सङ्कट उत्पन्न भएको छ । यही असार ९ गते शिक्षा मन्त्रालय र अस्थायी शिक्ष...…

युनेस्को महासंघलाई महाधिवेशनको चटारो

काठमाडौँ, ३० असार । नेपाल युनेस्को संघसंस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ, नोपलको शनिबार राष्ट्रिय महाधिवेशन हुँदैछ ।
विश्वभरका राष्ट्र–राष्ट्रबीच शिक्षा, विज्ञान, संस्कृति र आमसञ्चारका क्षेत्रमा सहयोगको सम्वद्र्धन र प्रवद्र्धन गर्दै शान्तिको लागि योगदान गर्ने उदेश्यले अभिप्रेरित भई सन् १९४६ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको जन्म भएको थि...…

शिक्षमन्त्रीलाई शान्ति समाजको ध्यानाकर्षण ः सद्भाव शिक्षा लागू होस्

काठमाडौँ, ३० असार । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई मानव अधिकार तथा शान्ति समाजले विद्यालय स्तरमै मानव शिक्षा दिन ध्यानाकर्षण गराएको छ ।
समाजमा आपसी घृणालाई बढावा र पृष्ठपोषण गर्ने कार्यमा केही तप्काहरु सक्रिय रहेको सन्दर्भमा सद्भाव प्रवद्र्धनका लागि विद्यालय स्तरमै औपचारिक एवं अनौपचारिक शिक्षा प्रदान गर्नुपर्ने सो संस्थाको माग हो । मन्त्री श्रेष्ठले उक्त स...…

हिमाली जिल्लाका शिक्षकलाई दोब्बर पोसाक भत्ता

काठमाडौँ, ३० असार । उच्च हिमाली जिल्लामा कार्यरत शिक्षकले वार्षिक १५ हजारका दरले पोसाक भत्ता पाउने भएका छन् ।
लामो समयदेखि ती शिक्षकहरुले अन्य शिक्षकले भन्दा दोब्बर पोसाक भत्ता माग गर्दै आएकामा अर्थ मन्त्रालयले यही असार २३ गते स्विकृत गरी परिपत्र गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

 भानु जयन्ती : आदिकविको सम्मानमा विद्यार्थीको लर्काे

काठमाडौँ, २९ असार । जिजु हजुरबा पुस्ताका आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्तीका अवसरमा आज मनाइएका कार्यक्रममा युवा विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता देखिएको छ ।
काठमाडौँको रानीपोखरीबाट नगरपरिक्रमा गर्दै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानसम्मको प्रभातफेरिमा विद्यार्थीहरुको लर्काेले पनि पुष्टि गर्छ कि नयाँ पुस्तकले भानुलाई कति सम्मानका साथ सम्झन्छन् । भानुजयन्ती नेपालभित्र...…